एकैछिन अघि त छोडी उडेका हुन् हाँगालाई
ओइलाएका कत्ती छिटो ती पातहरू।
अब जति छिटो सुक्दै-सुक्दै गयो
उती छिटो -छिटो
आफुमाथीका यात्रुका पाईलाले पुर्याउछन् सन्देश
छुटेका हाँगाहरुलाई ।
पलाउदैका नयाँ पालुवाहरूलाई ।