असहमति
*****************
तिमी,
अ तिमी……
राममा कुनै खोट,दोषै देख्दैनौ,
गुणै गुण ,असल मर्यादा मात्र देख्छौ !
तर,
रावणमा कुनै गुण ,असल मर्यादा बिहिन
दोषै दोष र खोटै खोट मात्र देख्छौ !
म चाहि
अ म ………
रामका खोट,दोष
र,
रावणका गुण,असल मर्यादाका पनि कुरा गरम भन्छु ।
त्यसैले त कुरा मिल्देन मित्र !
अ मित्र त्यसैले त कुरा मिल्देन !!!
………………………………………………
……………………………………………………
……………………………………………………………………
तिमी
अ तिमी ……
तितेकरेला तितो नहोस भन्ने चाहन्छौ !
म चाहिँ
अ म चै …
तितेकरेला तितै होस भन्न्छु !
र
तितै गुण खोज्छु ।
त्यसैले त कुरा मिल्देन मित्र !
अ मित्र त्यसैले त कुरा मिल्देन !!!
©siudileep
No comments:
Post a Comment