Tuesday, May 30, 2017

जिन्दगी


         जिन्दगी
**************

हावाले भ्यारभ्यार पार्दै
पढ्दै गरेको पत्रिकाका पानाहरु!
बिथोलिदिरहने लामो कपाल ।
न बिथोलिदिन छाड्छ,
न मिलाउन नै छाडिने !
मीठो घम्साघम्सी ।
कहिलेकाही जिन्दगि,
यस्तै यस्तै लाग्छ । (कहिलेकाहीँ मात्र ,सधै हैन ! सधै यस्तै भैदिए त गज्जबै हुन्थ्यो, सधै मिलाउन सम्हाल्न नछाड्ने हो भने त । :-) ! )


©Siudileep
२०७४बैशाख

No comments:

Post a Comment