तिमी आउनु,
टक्क घडी रोकिनु ।
[ "मुटु" रोकिनु फरक कुरा हो ]
र,
समय नै रोकिएको भ्रम
हुनु !
अनि,
तिमी जानु
टिकटिक टिकटिक ......टिकटिक ...
घडि चल्नु ।
["मस्तिष्क" चल्नु फरक कुरा हो ]
र ,
समय नै चलेको भ्रम हुनु !
स्प्न खेती।
यसैमा.............यस्तैमा ..............
मैले "तिमी "सोच्नु ,
तिम्ले "म " सोच्नु
सायद ! !
सायद !
यस्तै भ्रम थियो कि?
अर्को स्वप्न खेती(को) ।।
("तिमि" र "घडी"-
...खासमा "उनि /उ/तिमि/ दृश्यात्मक पात्र ," र "/समय " नहुन (?)सक्छन यहा । तर हुन (?)पनि सक्छन यहा ! बर्बराहट पनि बिम्बात्मक होलार ? तर कहिले काही नहुन भन्न सकिएला र ?
No comments:
Post a Comment