प्रतिस्पर्धाका रेस
किन यति अश्लील ?
आर्यघाट सम्मै पुगेर रोकिने
घडिका टिकटिकहरु जस्तै
ढुकढुक ढुकढुकहरुमा पनि
ओहो ! हेरत !
आर्यघाट समेत स्वामित्वका रेस।
अट्छ त आर्यघाट त्यति सानो
कात्रोको खल्टिमा?
चिन्छ चिताले तिम्रै देह ?
ओहो !
स्वप्न भैदिए हुने
बिपना पनि कत्ति चिसा
उ हेरत !
उराठिला रेसमा सहभागी
अश्लिल रेसका भिडहरु ।
No comments:
Post a Comment