किन भरीरहेछन्
अञ्जली-अञ्जली,
मुठ्ठी-मुठ्ठी
बालुवा ।
र दौडिरहेछन् जोडजोडले
च्याप्दै अञ्जली,
जोडजोडले
कस्दै मुठ्ठी
अर्को किनारासम्म ?
छोड्नलाई बाँकि मात्र केहि -
'दौडाईका फगत अस्वभाविक खाडलहरू' ।
किन भरीरहेछन्
र दौडिरहेछन् -
अर्को किनारासम्म पुग्दानपुग्दै रित्तिजाने
अञ्जली
मुठ्ठीहरू ……