Monday, May 6, 2019
स्वार्थ
स्वार्थ
******
सिमाहरू तोक्दा तोक्दै
भागबन्डा लाउदा लाउदै
सम्पुर्णको 'मालिक'
बन्ने उन्माद आउने नै भयो !
स्वार्थका
पर्खाल खडा गर्न माहिर
'मानव'
आफ्नै शरीरका अङ्गहरूमा त
'भेदभाव' गर्छ
र
"कार्य विभाजनको आधार निर्धारण गरी
महत्व छुट्याउछ ।"
Tuesday, February 5, 2019
!!!
चिटचिट पसिना आउदैको
थकित शरीर/टाउकोबाट ,गह्रौ भारी बिसाउदा
बिर्सेन आज पनि 'शितल' हम्किन
त्यो चौतारीको पिललले।
भारी बिसाएर भएको
हलुका शरिर न हो
मेटिएको शरिरको थकान र
सुकेको पसिना न हो ।
सोच्यो र गम्यो 'भारी मनले'
मान्छेहरु सबै,
यो रुख/पिपल जस्तै भाको भे
मन किन भारी हुदो हो।
!
धमिला आँखा मिच्दै
स्वासैश्वासमा फरफराए ओठ -
"बाबै !
यो धकेलाधकेल , दौडहरु के को?
र , कुन गन्तब्य चुमाइको ?" ……
ओहो !
कहि नपुगिने फगत
मपाइत्व चुमाइका दौड ।
'यौटै सर्कलको डौडाइ'बाट
कहाँ पुग्नु ?
पुग्ने 'उहीँ दुरी देखि उहीँ दुरीसम्म' न हो ।
Tuesday, January 1, 2019
आवरण
आवरण
*********
'आवरण' उस्तैउस्तै देखिने -
तोरी
र , कोदोका 'दानाहरु'....
तर ,छिपाईहरुमा [भित्रि]
कत्रो भिन्नता !
यौटा बोकिरहेछ -
'तेल' !
र , अर्को बोकिरहेछ -
'पिठो' ।
[आवरणहरु ,
'भ्रम' न हुन् !......]
8:56 PM - 28 Dec 2018
Sunday, November 4, 2018
काँडा फूल हामी
काँडासंग गुनासो किन ? फूलहरु,
काँडाहरुकै बिचमा शालीन मुस्कुराईराछन त । काँडा, बिझाउने भए , फूललाइ बिझाउथे !
[र , फूलहरु फुल्दैनथे .......]
Wednesday, October 10, 2018
बदलाब
बदलाब
***************
पानी ,
चुपचाप चुपचाप
आकार बल्दन तयार ..........
रापहरुमा बाफीइ उड्न
र, चिस्यानहरुमा चिसीइ जम्न समेत !
प्रिय नबोदिता !
चुपचाप चुपचाप
बदलिन तैयार आकारहरुको
स्थायित्व, पनि त हुदैन (?) !
अस्थायित्व,
सधै सुन्दर हुन्छ भन्ने के छ ?
स्थायित्व, भन्दा
असुन्दर भै दियो भने ??...
***************
पानी ,
चुपचाप चुपचाप
आकार बल्दन तयार ..........
रापहरुमा बाफीइ उड्न
र, चिस्यानहरुमा चिसीइ जम्न समेत !
प्रिय नबोदिता !
चुपचाप चुपचाप
बदलिन तैयार आकारहरुको
स्थायित्व, पनि त हुदैन (?) !
अस्थायित्व,
सधै सुन्दर हुन्छ भन्ने के छ ?
स्थायित्व, भन्दा
असुन्दर भै दियो भने ??...
प्रिय 'भिडहरु'
Subscribe to:
Posts (Atom)
भागदौड
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
अक्षरका थुप्रा र ,समाहित(?) "जिबन चक्र" ************************************ असरल्ल छिरलिएका "अक्षर"का थुप्रोक...
-
बसाइसराइ ******************** "समबेदना" अचेल क्रमश: क्रमश : बसाइ सर्दैछन /सरे मुटु बाट [मुटुबाट त धेरै भो सरेको ] ! ओठ , ...
