प्रकाश
========
ढोकाहरु बन्द भएपछि
स्यानो छिद्रबाट छिर्यो - स्यानै किरण
र, छर्यो उज्यालो ।
ढोका बन्द हुदैमा
कहाँ रोकिदो रछ र ?
'उज्याल्याउन' हिडेको - 'प्रकाशको बाटो' ।
Wednesday, March 25, 2020
Saturday, January 18, 2020
सिढी
सिढी
----
सधै उक्लने/ओर्लने -
'सिढीहरु'
राखोस कस्ले याद !
चढ्दाचढ्दै अनि
झर्दाझर्दै छुटि जाने एकेक गरी ।
हामी
'सिढी' बिर्सने
फगत यात्रुहरु न हौं ।……
----
सधै उक्लने/ओर्लने -
'सिढीहरु'
राखोस कस्ले याद !
चढ्दाचढ्दै अनि
झर्दाझर्दै छुटि जाने एकेक गरी ।
हामी
'सिढी' बिर्सने
फगत यात्रुहरु न हौं ।……
Thursday, September 26, 2019
साथ
साथ
-------
जेलिए भने त
आफ्नै खुट्टा पनि एकआपसमा
लडाउछन यात्रीलाई ।
छुट्टा छुट्टै
तर , 'साथसाथै' खुट्टाहरूले नै
पार गर्छन दुरीहरू……
बधशाला
बधशाला
---------
र
संसार एक 'बधशाला' हो
अनि हामी
बधशालाका 'मालिक' ।
रेटिरहेछौ -
बिभिन्न नाममा , सम्पुर्ण - सम्पुर्णताहरू ।
र कहिले रेटिरहेछौ -
अरुका स्वतन्त्रता
बिचारहरू
र अस्थित्वहरू ।
अनि कहिले रेटिरहेछौ -
आफ्नै सपना
स्वतन्त्रताहरू र अरू अरू हरू ।
हामी फगत 'बधशालाका मालिकहरू' ।
---------
र
संसार एक 'बधशाला' हो
अनि हामी
बधशालाका 'मालिक' ।
रेटिरहेछौ -
बिभिन्न नाममा , सम्पुर्ण - सम्पुर्णताहरू ।
र कहिले रेटिरहेछौ -
अरुका स्वतन्त्रता
बिचारहरू
र अस्थित्वहरू ।
अनि कहिले रेटिरहेछौ -
आफ्नै सपना
स्वतन्त्रताहरू र अरू अरू हरू ।
हामी फगत 'बधशालाका मालिकहरू' ।
घमण्ड
घमण्ड
-------
काध फेर्नुस ……
बिस्तारै फेर्नुस !
काध फेर्दै गर्दा
तपाइले थामेको संसार ढल्पलिएला
र , आकाश तल धर्ती माथी होला ।
त्यसैले
बिस्तारै फेर्नुस काध ।
तपाईले काध फेर्नु भएन भने
कस्ले थाम्ला र पृथ्वी ?
हो त्यसैले फेर्नुस काध
भ्रमहरूका !
हो !
फेरीरहनुस् काधहरू ……
मार्ग
मार्ग
------
सिँढी नभै नचढिने
उकालोहरूमा
सिँढी चै बनाइदिन्छ कस्ले ?
सिँढी बनाउदा -
आफू छुटिने
र अरू चढ्ने अहम् /डरहरूका
'खुट्टा तनाइहरूमा !'
[ न चढ्नु उकालो
न बनाउनु सिँढी ] ……
Subscribe to:
Posts (Atom)
भागदौड
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
अक्षरका थुप्रा र ,समाहित(?) "जिबन चक्र" ************************************ असरल्ल छिरलिएका "अक्षर"का थुप्रोक...
-
बसाइसराइ ******************** "समबेदना" अचेल क्रमश: क्रमश : बसाइ सर्दैछन /सरे मुटु बाट [मुटुबाट त धेरै भो सरेको ] ! ओठ , ...