"भ्रामक "आकृति र अस्थित्वको खोज
……………………………………………………
जलिरहेको " उग्र" ज्वालामा
जल्दैको चिता माथिको मृत शरीरबाट
उडिरहेको आँखा तिर्मिराउने बक्र,अब्यबस्थित ,कालो,खैरो ,सेतो विभिन्न रङ्धारी धुवामा देखिरहेछु !
प्रस्ट,ब्यबस्थित,स्वच्छ "भ्रामक"आकृती ।-
मृत शरीर सङ्गै
पूरा हुन नसकेका सपना,भावना,कल्पना……
अनि जलिरहेछ्न र बेप्रबाह उडिरहेछ्न
दबाइएका,दबाउन बाध्य पारिएका अनेकौ बिचारहरु ……
उन्मुक्त र स्वतन्त्र ! जताततै तल,माथी दायाँ ,बायाँ यत्रतत्र ………
सायद :
अस्थित्वको खोजिमा( ?)अनन्त तिर……
No comments:
Post a Comment