▼
Sunday, April 2, 2017
अचानो ,खुकुरी र काट्यपदार्थ
अचानो,खुकुरी र काट्यपदार्थ
**************************************
सधै …" तिमी" खुकुरी,
"म "अचानो !
अनि मेरा बिचार,चाहाना,आकाङ्क्षा र अधिकारहरु………चै काट्य पदार्थ !
काटिरह्यौ काटिरह्यौ ……………निरन्तर !
अचानो धुजा धुजा, टुक्रा टुक्रा हुन्जेल
र काट्य पदार्थ "किमा/किमा"हुन्जेल !
…………………………………………………………………………………………………
"काट्यपदार्थ" नकाटिदा पनि
र ,अचानोको ट्वाक/ट्वाक आवाज आउदा समेत
बरु खुकुरिको धार चम्कायौ ।
खुकुरी नै खिया लाग्दा समेत
खिकुरी फेरिरह्यौ ! तर,
अह सुन्दै सुनेनौ -अचानोको "ट्वाक ट्वाक",
अनि देखेनौ,महसुस गरेनौ-काट्यपदार्थको चाम्रो पना ! …………
तर
कहिले काहीँ ……
चाम्रो पदार्थ नकाटिदा………………
अचानोको ट्वाक/ट्वाक सङ्गै,
टुक्रिएका ससाना टुक्राहरु समेत
र खुकुरी उल्टै आफै तिर
फर्किन्छ भन्ने चै था छ कि छैन ?
©Siudileep
No comments:
Post a Comment