Sunday, April 2, 2017
अचानो ,खुकुरी र काट्यपदार्थ
अचानो,खुकुरी र काट्यपदार्थ
**************************************
सधै …" तिमी" खुकुरी,
"म "अचानो !
अनि मेरा बिचार,चाहाना,आकाङ्क्षा र अधिकारहरु………चै काट्य पदार्थ !
काटिरह्यौ काटिरह्यौ ……………निरन्तर !
अचानो धुजा धुजा, टुक्रा टुक्रा हुन्जेल
र काट्य पदार्थ "किमा/किमा"हुन्जेल !
…………………………………………………………………………………………………
"काट्यपदार्थ" नकाटिदा पनि
र ,अचानोको ट्वाक/ट्वाक आवाज आउदा समेत
बरु खुकुरिको धार चम्कायौ ।
खुकुरी नै खिया लाग्दा समेत
खिकुरी फेरिरह्यौ ! तर,
अह सुन्दै सुनेनौ -अचानोको "ट्वाक ट्वाक",
अनि देखेनौ,महसुस गरेनौ-काट्यपदार्थको चाम्रो पना ! …………
तर
कहिले काहीँ ……
चाम्रो पदार्थ नकाटिदा………………
अचानोको ट्वाक/ट्वाक सङ्गै,
टुक्रिएका ससाना टुक्राहरु समेत
र खुकुरी उल्टै आफै तिर
फर्किन्छ भन्ने चै था छ कि छैन ?
©Siudileep
Subscribe to:
Post Comments (Atom)
भागदौड
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
अक्षरका थुप्रा र ,समाहित(?) "जिबन चक्र" ************************************ असरल्ल छिरलिएका "अक्षर"का थुप्रोक...
-
थानै थान सपना का डोरी ****************** थुप्रै सपना ,सपनाको चाङ अनि सपनाको भयानक डोरि हो ,त्यही डोरि छोप्दै स्कुल ,युनिभर्सिटीको कक्ष...
-
"शव" चित्कार **** जलाएर सक्किएपछी आखिर फर्किने "उही दिनचर्या" हो ! त्यसैले [एकछिनलाइ मात्र एकछिनलाइ ] जीवन दर्सन सहितका...
No comments:
Post a Comment