अस्विकार्य अस्थित्व……
*********************
सपना,इक्षा,बर्तमान,भविष्यहरु..
सोचाइ र सम्पूर्ण बिचारहरु...
असरल्लै "भुइमै"बिस्कुन सुकाएझैँ सुकाउन मिल्ने भे ?
सुकाउन हुन्थ्यो मज्जैले!
तर मिल्नु नमिल्नु"अर्कै"कुरा
दिनहु परेवाले टिप्ने "चारो" भै
"बिस्कुन"परेवाले नै टिप्छन भन्ने के छ ?
यत्र तत्र
बिस्कुन मात्रै नभै
परेवा नै टिप्दिने"काग"हरुको बथान बढ्दो छ...
बिस्कुन खान ओर्लेका परेवा
र सुकाईएको" बिस्कुन" मात्रै नकुरी
निष्फिक्री,
दिवाल भित्रै छिरी,
बिस्कुनकै"भकारी"पल्टाई ,च्यात्ने
अनि
परेवाकै गुडमै पुगि परेवाकै अस्थित्व नस्ट गर्ने ....!!
©Siudileep
No comments:
Post a Comment