बिकल्प
*************
सुर्तीको अम्मलीलाई
सुर्ती मिच्ने बुढी औठा काटिदिइ
गजब गरे भन्छौ मित्र?
अरु औला नि?…
ल !सबै औला १/१ गरि,
मिच्नै नमिल्ने गरि काट्दियौ रे
र ,
हत्केलै समेत !
तर,
तर मित्र ,
बजारमा नमिची खान मिल्ने,
तयारी सुर्ती पनि बिकल्प छ नि ? :))
………………………………………………………
तयारी सुर्ती बारे के सोचेका छौ ?
तयारी सुर्ती कसैगरी रोकौला,
बन्देज लगाइदेउला खान ।
तर,
तर नबिर्स है !
मनग्य" काचोपात"
सर्बत्र पाइन्छ नि !…………………
(नोट:सुर्ती, मित्र चरित्र,प्रबित्ती पनि हुन सक्छ्न ! र हुन् पनि । अनि नहुन पनि सक्छ्न !र हैनन् पनि ।
यी यस्ता अभागि चै हुन सक्छ्न अरुको ठाउँ ओगटेर "सुर्ती र मित्र "को रुपमा यो बर्बराहटमा उपस्थिति जनाउने आइपुगेका :)) )
©siudileep
No comments:
Post a Comment