▼
Friday, August 11, 2017
अस्पतालको शैयामा "सन्त " सत्य ।
अस्पतालको शैयामा "सन्त " सत्य ।
...............................................
तिमि आफु नभनि"सम्पूर्णको"लागि
लड्यौ/लडीराछौ ,
माफिया/माफियातन्त्रको बिरुद्द ।
उनीहरु सम्पूर्ण छाडी आफ्नो लागि,
र मात्र माफियाको पक्षमा ।
हो तिम्रो भुल यहि नेर भयो,
माफिया पक्ष संग झुक्दै नझुक्नु ।
तिमि
भोलिका सन्तति ,देस सोच्यौ
आफु भन्दै नभनी,
आफु र आफ्नाहरुको मात्र
सोच्नेहरुको भिडमा
र,त्यहि भिडले
चल्ने /चलाउने देसमा !
गल्ति माथि गल्ति गरिरहयौ
आफ्नो स्वास(?)को
माया नगरी जनता ,देस ,भोलिका सन्तति
सोच्यौ ।
र त आफ्नो र आफ्ना मात्र
सोच्नेको भिडमा गलत भैराख्यौ ।
जनताको लागि सोच्नु गल्तीमा
जनताले ,
देखे सुन्दर भबिस्य
गल्ति देख्ने हरु त
"उनीहरु पो त" ।
तर ,
सत्य अस्पतालको
शैयाबाट बोल्दा,
क्रुर लाग्नेहरुलाई ,
भ्रम बाच्ने हरुलाई
के था आखिर सत्य सत्य नै हो ।
No comments:
Post a Comment