Friday, August 25, 2017
"ग्लास"को गुनासो "सर्बश्रेष्ठ प्राणि "संग
"ग्लास"को गुनासो "सर्बश्रेष्ठ प्राणि"संग
**************
कहिलेकाही लाग्छ -
चिया सक्कायपछीको
चियाको ग्लासले
चिच्यायर असन्तुस्टी पोख्यो भने ,
प्रश्न गर्यो भने
दिने उत्तर के छ मसंग?
*************************
ममतापुर्बक ,सन्तुस्टभावमा
स्पर्श,
चुम्बनका वर्षाको
"प्रेम"ले पुलकित ग्लास
चिया सकिएपछीको
उसलाई देखाउने ब्यबहारबाट.....
"प्रश्न" उब्जायो असन्तुस्टी पोख्यो र
सोध्यो भने?
********************************
उत्तर के दिदो हु ?
"त" त चिया हुन्जेलको
देखावटी साधन न होस्
ति "प्रेम ,स्पर्श "हरु
"त "द्वारा "म" चियालाई गर्थे प्रिय ग्लास !
चिया सकिएपछी तेरो अस्थित्व के ?
(मिल्किनु,भुइँ ,टेबल यत्रतत्र छरिनु पछारिनु लड्नुबाहेक)
किनकि ,
म "त "जस्तो अहम नभाको बन्न त सक्दिन नि,
म त मानब ,
अझै "सर्वश्रेष्ठ प्राणि" पो त !
बारम्बार आफ्नो स्वार्थ पूर्तिकोलागि जो जसलाई प्रयोग गर्ने
र ,प्रयोग पछी अस्थित्व भुल्ने
म सर्वश्रेष्ठ प्राणिमा मात्र सम्भब छ
हैन र ग्लास???
(उत्तर यहि हुनुपर्ने हो ..तर "म" सर्वश्रेष्ठ प्राणि "त "जस्तो ग्लास का गुनासा ,प्रश्नहरु सुन्ने उत्तर दिने गर्छु होलात बेबकुफ??)
*********************************************
Subscribe to:
Post Comments (Atom)
भागदौड
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
अक्षरका थुप्रा र ,समाहित(?) "जिबन चक्र" ************************************ असरल्ल छिरलिएका "अक्षर"का थुप्रोक...
-
बसाइसराइ ******************** "समबेदना" अचेल क्रमश: क्रमश : बसाइ सर्दैछन /सरे मुटु बाट [मुटुबाट त धेरै भो सरेको ] ! ओठ , ...
No comments:
Post a Comment