Friday, May 22, 2020

अनिच्च !

अनिच्च !
    **
१]
परेलाका चिमचिमहरुमा -
चिम्ल्याइ
र खुलाईहरु
कत्ती क्षणिक/क्षणिक ।
तेस्तै
क्षणभङ्गुर' सम्पूर्णताहरु।













२].

  ====

पलाउनै नसक्ने गरी काटिएपछि
एक्लो एक्लो रूख ।

नियालीरहेछ -
बादलहरुका नाच ।
बादल बनाइरहेछन स्वतन्त्र आकृती
छेकेरै सूर्य !
तर छिनभरमै मेटिदैका आकृति
[हराएझै रूखको] उसको
हरीयाली जस्तै जस्तै ।……




No comments:

Post a Comment