Tuesday, July 9, 2024

आत्मालाप -१

 


               आत्मालाप -१
                     ----


बिष्टा परेको हो धेरै पहिले मेरै काँधमा
र त्यै जगमा उम्रीएको हो उ ।

बिस्तारै हुर्कदै बढ्दै जाँदाजादै
ढाकेको हो उस्ले
बिस्तारै बिस्तारै मेटाइदिएर ……
आफु उभिएको आडको अस्थित्व ।

आफु माथि अरु कसैले जरा फिँजाउदै जादा
सक्किदै गएको रूख हुँ म  ।




उस्ले जबरजस्ती बनाएको हो आफ्नो साम्राज्य
मै माथि ।
उ अग्लो उभिएको छ  -
सक्काईदिएर सुरुमा आफुले टेकेको जराको आड ।

अहिले म बाट सरेर चराहरुले लगाउने गुँड
उस्कै लर्खरो उभ्याईमाथि छ ……





No comments:

Post a Comment