Wednesday, October 10, 2018

बदलाब

 बदलाब
***************

पानी ,
चुपचाप चुपचाप
आकार बल्दन तयार ..........
रापहरुमा  बाफीइ उड्न
र, चिस्यानहरुमा चिसीइ जम्न समेत !

प्रिय नबोदिता !
चुपचाप चुपचाप
बदलिन तैयार आकारहरुको
स्थायित्व, पनि त हुदैन (?) !

अस्थायित्व,
सधै सुन्दर हुन्छ भन्ने के छ ?
स्थायित्व, भन्दा
असुन्दर भै दियो भने ??...

प्रिय 'भिडहरु'

No automatic alt text available.
[फोटो: Google]


 प्रिय 'भिडहरु'
***********

[कहिलेकाही ]
'भिड र हल्लाहरु' पनि
कत्ति सुन्दर हुन्छन ।
अहो ! हेर त !
चिच्याउदै..... हल्ला गर्दै.......
दौडिदै -दौडिदै
ओरालो झर्दैका
[स्कुलबाट फर्केका ]
'स-स्याना केटाकेटीहरुका बथान ।'

धरातल


धरातल
************

बाफिएर उड्दै ,
बनेपनि 'बादल' छोडेर 'धरातल' !
आखिर ,
बर्षिनै पर्छ केरे !
 ["आपसमै ठोक्किएरै" ]
'यथार्थतामा ' ।

Sunday, July 22, 2018

धरातल

धरातल
***********

लात सहदै चढायो टापुमा र , हेर्यो उसको प्रफुल्लता.. चुपचाप चुपचाप, ! पुन: प्रतीक्षामा उसकै लातको .....! उसको अहमता बचाई सुरक्षित अबतरण गराउनु छदै छ आफु बिर्साई ,/ बिर्सी ! [किनकि , अहमता बचाइदिनु छ उसको....अन्यको...! बन्नुछ- "फगत भुलिएको/ बिर्सिएको सिढी"] धरातल को सम्झियोस? ।

शोषक र शोषित

शोषक र शोषित
***************

मैनबत्ति शोषित हो…… "म " शोषक ! आफ्नो "तथाकथित जन्मोत्सवको" नाममा उज्योलो छर्ने साधनको नाजायज हत्यारा ……… ! गड्डगडाहट तालीसंगैका श्वासहरुबाट [क्यान्डल दीप ] निभाइहरु………।

Tuesday, July 17, 2018

सलाई , सम्बन्ध , जिन्दगी र अन्य....(?)

Image result for fire matchesसलाई , सम्बन्ध , जिन्दगी र अन्य....(?) ******* कागजको स्नेहले छोपिएका धेरै "स्नेही" हरु !.... अलिकति "चिसियो" भने पनि अस्थीत्व संकट, परिचय बिमुख आफ्नोपन बाट । र, अलिअकति "तात्यो" भने खरानी । [फेरी पनि अस्थित्व संकट, अर्को बिमुखता- स्नेह र स्नेहीको ! निकटताको/निकटताबाट ] ।

Sunday, July 15, 2018


********

पुलखोला पार गर्नको लागि थ्यो !खोलापार गर्दा नगर्दै ,

पुलकै डन्डी काटि
पुलपारिको उकालो चढ्न सहज
सोचाइमालठ्ठी बनाएपछि ,

[समस्या सुरु भा हो ] !

अन्यको सुबिधाको लागि सोच्नु त परैको कुराआफ्नै फर्काइ सहजसम्म पनि दृष्टि समेत पनि परको कुरा

[ सधै, यात्रा जानु मात्र
(पनि त हैन )
नभई
फर्कनु पनि त हो !जानू जत्तिकैफर्काइहरु महत्वपुर्ण पनि त हुन्छ्न ! कहिलेकाही झन बेसि महत्त्वपूर्ण समेत ]

आफ्नै तत्कालकै……अस्थित्व ,धरातल जोखिममा समेत त नसोचि ..... ।




["म" मै अन्य अन्य हरुको त प~~~~र को कुरा"स्व" कै निमोठाइ सधै ……… । ]

भागदौड

 किन भरीरहेछन्  अञ्जली-अञ्जली,  मुठ्ठी-मुठ्ठी  बालुवा ।  र दौडिरहेछन् जोडजोडले  च्याप्दै अञ्जली, जोडजोडले  कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...