थानै थान सपना का डोरी
******************
थुप्रै सपना ,सपनाको चाङ
अनि सपनाको भयानक डोरि
हो ,त्यही डोरि छोप्दै
स्कुल ,युनिभर्सिटीको कक्षा चहार्दै
अन्त्यमा प्राप्त गर्नु छ शिक्षित बेरोजगारको
ट्याग वाला मार्कसिट,सर्टिफीकेट !
………………………………………………………………
तिनै युनिभर्सिटीका खोस्टा हल्लाउदै
तिनै पूरा नहुने सपना र बीचमै टुट्ने डोरि छोप्दै
भौतारिनु छ सडक,गल्ली चौबाटा जता ततै !
…………………………………………………………………………
र अन्तिममा ,
भाग्य,कर्म धिक्कार्दै ती खोस्टा थन्क्याउदै ,
लाग्नु छ मानव बेचेर रेमिट्यान्स भित्राउदा मख्ख पर्ने मेरो देशको,
राहादानी बिभागको राहदानी बनाउने भिडको लाइनमा
र सजाउनु छ फेरि नया मथिङ्गल रिङ्गाउने सपना
अनि फेरि हिड्नु छ
तिनै सपनाको डोरि छोप्दै !!
खै सपनाको डोरि कती बलियो हुन्छ कुन्नी ?
©siudileep
Subscribe to:
Post Comments (Atom)
भागदौड
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
अक्षरका थुप्रा र ,समाहित(?) "जिबन चक्र" ************************************ असरल्ल छिरलिएका "अक्षर"का थुप्रोक...
-
बसाइसराइ ******************** "समबेदना" अचेल क्रमश: क्रमश : बसाइ सर्दैछन /सरे मुटु बाट [मुटुबाट त धेरै भो सरेको ] ! ओठ , ...
No comments:
Post a Comment