थानै थान सपना का डोरी
******************
थुप्रै सपना ,सपनाको चाङ
अनि सपनाको भयानक डोरि
हो ,त्यही डोरि छोप्दै
स्कुल ,युनिभर्सिटीको कक्षा चहार्दै
अन्त्यमा प्राप्त गर्नु छ शिक्षित बेरोजगारको
ट्याग वाला मार्कसिट,सर्टिफीकेट !
………………………………………………………………
तिनै युनिभर्सिटीका खोस्टा हल्लाउदै
तिनै पूरा नहुने सपना र बीचमै टुट्ने डोरि छोप्दै
भौतारिनु छ सडक,गल्ली चौबाटा जता ततै !
…………………………………………………………………………
र अन्तिममा ,
भाग्य,कर्म धिक्कार्दै ती खोस्टा थन्क्याउदै ,
लाग्नु छ मानव बेचेर रेमिट्यान्स भित्राउदा मख्ख पर्ने मेरो देशको,
राहादानी बिभागको राहदानी बनाउने भिडको लाइनमा
र सजाउनु छ फेरि नया मथिङ्गल रिङ्गाउने सपना
अनि फेरि हिड्नु छ
तिनै सपनाको डोरि छोप्दै !!
खै सपनाको डोरि कती बलियो हुन्छ कुन्नी ?
©siudileep
Subscribe to:
Post Comments (Atom)
भागदौड
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
ऐठन …………………………………………… कहिले काहीँ सपनाका कुरा गरम । अनुहार भरी मुज्जाले भरिएकी दुब्ली बृद्दा छेउमै सुतेको सानो ख्याउटे नातिक...
-
बुद्द,परेवा र एक थान सपना --------------------------- रगत लतपतिएको कुरुप बुद्दको मुर्ति देखाउदै, हड्बडाउदै भाइ चिच्यायो...
No comments:
Post a Comment