Tuesday, May 30, 2017
रङ्गमन्चको झुर कलाकार
रङ्गमन्चको झुर कलाकार
******************
कहिलेकाही बेहोसीले यति सारो अठ्याउछ /अठ्याउदो रछ !
परिस्थिती अनुसार मन्चन गर्नु पर्ने "नाटक"
ठिक परिस्थिको उल्टो मन्चन भैदिन्छ । (स्वभाबिक मन्चन भन्नू मुर्खता हो )
.......................
जलिरहेको शब ,
उडिरहेका "उमङ्ग"हरु (खैर,शब जल्दै गर्दा मात्र धुवा उड्छ भन्ने छ र ?)
हेर्दै ,
जबर्जस्त देख्दै,
देखाइन बाध्य पारिएका,
र बाध्य भएका !
अनि
स्वतफुर्त हेरिएका,
देखिएकाहरुका(तिनिहरु मार्फत आँखा प्रयोग गरिएका )
चीत्कार ,आँशु ,बिलौनाहरुमा !
केही गुमाउनु पर्दाका या,
अन्य केही …………कारणहरुमा
एकिकृत(?) हुनु पर्ने हो ! (कहिलेकाही परिस्थीती अनुशार व्यवहार देखाउनु पर्नेमा………)
मन्द मुस्कान उठ्दिदाको बेहोसी(परिस्थिती अनुकुल व्यवहार नगर्नेहरुलाई खास"बौलाहा"भन्ने चलन पनि छ ! [माथिको पङ्ती अनुसार नाटक मन्चन गर्न नजानेको झुर कलाकार मन्चन गर्नु पर्ने एक थोक गरिदियो अर्कै अर्थात ठिक उल्टो!,त्यसोत नाटक मन्चनमा अब्बल कलाकारहरुको भाव पनि कहिलेकाहीँ बिग्रेर प्रस्टै चिनिने गरि "झुर नाटक" भैदिन्छ तर कमेकम झुरै भयनी नाटक त गरिराछ्न नि उल्टो गरिदिने पो बेहोसी ।………। ] )
तर,
मन्द मुस्कान "अनेकतामा" "सम्पुर्णता " पो हो कि ?
अर्थात,
गहिरो शोकमा "मीठो"श्रन्दान्जली । (श्रद्दान्जली मीठो हुन सक्दैन?"उस्को"[शव,धुवा शरीरबाहेक………~ ~~ ~~ ~~ ~~………]उन्मुक्त्तिको कामनामा ? ।
©Siudileep
२०७४/१/५ राती ३:१७ बजे !
Subscribe to:
Post Comments (Atom)
भागदौड
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
अक्षरका थुप्रा र ,समाहित(?) "जिबन चक्र" ************************************ असरल्ल छिरलिएका "अक्षर"का थुप्रोक...
-
बसाइसराइ ******************** "समबेदना" अचेल क्रमश: क्रमश : बसाइ सर्दैछन /सरे मुटु बाट [मुटुबाट त धेरै भो सरेको ] ! ओठ , ...


No comments:
Post a Comment