[ २ टुक्रा ] रित्ताइ /रित्तिनु
*********************
[कहिले काही ]
"रित्तिनु" ......
"सकिनु/ सिद्दिनु" नभै
[नहुन सक्छ /हुदै हैन ]
फेरी भरिनु अघिको
खालीपन पनि त हुन सक्छ !
[पुरानो पछी ,नौलो फेराइ
अघिको विश्रान्ति ]......!
[रुखले पात फेर्नु
जस्तै ..........को
रित्तिनु
नकी सिद्दिनु ।]
----------------------
मुक्त हुनुछ
"सयौ" [बेढंगी] रंगबाट...
हुनुछ "खालिखालि"
रंगहिन...
(रंगहिन हुनु
बेरंगी हुनु [मात्रै पनि त] हैन )
आफुले चाहे जस्तो
रंगले रङ्गीन,
सादा हुनु [पनि त ] हो।
[रंगिनु अघिको सादा पन/चाहे जस्तो रङ्गले रंगिनु अघिको तैयारी]...
जस्तो -
रुखमा नया पात पलाउनु
अघिको खाली/
सादा ।
No comments:
Post a Comment