Tuesday, May 15, 2018

काँडाहरु ...

Image may contain: plant, sky, tree, outdoor and nature
     काँडाहरु
  **************

प्रिय मित्र !
सिउड़ीको "काडा",
तिम्ला/हाम्ला हो,
भार [ ...जस्तो लाग्ने देख्दा]
न कि सिउडीलाइ !
अनि,
तिम्ला/हाम्ला हो बिझ्ने
न कि सिउडीलाइ !
"सिउडी" त बाच्ने आधार हो ["उसको काडा"]
[र 
हो रक्षक...
अर्थात संरक्षक !
अनि ,
उसकै अभिन्न "अंग"] 

--------------------------

फूलहरु "सुन्दर" हुन्छन.....
तर,
काडाहरु "झन् बढी सुन्दर हुन्छन" [ "फूल भन्दा सुन्दर" हुन्छन !]
सुन्दरताको रक्षक
कसरि असुन्दर [कुरूप ]हुन सक्छ ?..........
फूल पाहुना न हो
केहि समयको
फूल फुलाउनेहरुको [रुख/बोटको ]
साथ नछाड्ने त काडा पो त
फेरी पाहुना आगमनसम्म्मै !
र,कालान्तर.... सम्मै पनि
सुन्दरता फूलाउनेको साथ नछाडी
सुन्दरताको
र ,सुन्दरता फूलाउनेको रक्षक
"स्थायी" काडा,
अस्थायी "फूल" भन्दा
सुन्दर हुदैन र ?




© siudileep 

No comments:

Post a Comment

भागदौड

 किन भरीरहेछन्  अञ्जली-अञ्जली,  मुठ्ठी-मुठ्ठी  बालुवा ।  र दौडिरहेछन् जोडजोडले  च्याप्दै अञ्जली, जोडजोडले  कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...