Wednesday, October 10, 2018

बदलाब

 बदलाब
***************

पानी ,
चुपचाप चुपचाप
आकार बल्दन तयार ..........
रापहरुमा  बाफीइ उड्न
र, चिस्यानहरुमा चिसीइ जम्न समेत !

प्रिय नबोदिता !
चुपचाप चुपचाप
बदलिन तैयार आकारहरुको
स्थायित्व, पनि त हुदैन (?) !

अस्थायित्व,
सधै सुन्दर हुन्छ भन्ने के छ ?
स्थायित्व, भन्दा
असुन्दर भै दियो भने ??...

प्रिय 'भिडहरु'

No automatic alt text available.
[फोटो: Google]


 प्रिय 'भिडहरु'
***********

[कहिलेकाही ]
'भिड र हल्लाहरु' पनि
कत्ति सुन्दर हुन्छन ।
अहो ! हेर त !
चिच्याउदै..... हल्ला गर्दै.......
दौडिदै -दौडिदै
ओरालो झर्दैका
[स्कुलबाट फर्केका ]
'स-स्याना केटाकेटीहरुका बथान ।'

धरातल


धरातल
************

बाफिएर उड्दै ,
बनेपनि 'बादल' छोडेर 'धरातल' !
आखिर ,
बर्षिनै पर्छ केरे !
 ["आपसमै ठोक्किएरै" ]
'यथार्थतामा ' ।

भागदौड

 किन भरीरहेछन्  अञ्जली-अञ्जली,  मुठ्ठी-मुठ्ठी  बालुवा ।  र दौडिरहेछन् जोडजोडले  च्याप्दै अञ्जली, जोडजोडले  कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...