Friday, March 10, 2017

ऐठन

           ऐठन
……………………………………………

कहिले काहीँ सपनाका कुरा गरम ।
अनुहार भरी मुज्जाले भरिएकी दुब्ली बृद्दा छेउमै सुतेको सानो ख्याउटे नातिको नजिकै बसेर गडेका आँखाले एकोहोरो कतै हेर्दै थे अनि सायद के के धेरै सोच्दै थ्यो त्यो मन ! अपरिचित,नचिनेको अनुहार,ठाउँ भयपनी फ्याट्ट सोधिहालेछु (बृद्दा देखेपछी नचिनेपनी मानबियताले हो या केले सोधियो कुन्नी हुनत सपना न हो जे पनि देखिने )सन्चै हुनुन्छ "आमा"? अनि उन्ले एकोहोरो भनिन -
***************************************
घाटिमा गुलेली भिरी,
गोजाभरीका मट्याङ्ग्राको भारले
घुडा सम्मै लत्रेको कट्टु हातले सम्हाल्दै ,
बासघारीबाट दिनरात हल्ला गर्ने "चरा"
ताक्दै गको नाति ……
गुलेली समेत फ्याकी
मट्याङ्ग्रा सक्काएर
जादा कट्टु समालेका हातले , (
मट्टयाङ्ग्रा सकिएर हल्कि'एको कट्टु आफै सम्हालिएपछी)
घिटिघिटी श्वास मात्रको रगताम्मे परेवा झुन्डाउदै आयो !
त्यसदिन देखि ………
यस्तो हालत देखेर पनि सन्चो बिसन्चो सोध्छौ?
उफ!
साच्चै तिमी अबुझ कि ,अज्ञानी कि, बुझ पचाउन माहिर ?
……………!
**************************************
यतिखेरै निद्रा खुल्यो मुख सुक्या रछ ,पसिनै पसिना भैयछ !फेरि निदाउन धेरै प्रयत्न गर्नु पर्यो । फेरि सपनामा उहीँ ठाउँ उहीँ अनुहार उहीँ अबस्थामा तर पहिलो सपनामा भन्दा बढी बृद्द शरीर तर नाति देखिएन ( केही घण्टाको अन्तरालमा देखेपनी पहिलो सपना देखेको समय र दोश्रो पटक देख्दाको समय केही बर्षको अन्तराल ) सन्चो बिसन्चो सोध्न नपाउदै मलाइ देख्दा बित्तिकै भनिन -
*********************************************
बाबू !त्यो बाँसघारी बढेर घरसम्मै आइपुग्यो
बासघारीमा बसेर कराउने/हल्ला गर्ने "चरा"को
चिच्चाहाट झन बेसि भाछ !
गुलेली,मट्याङ्ग्रा ,सबै सक्किए
र गुलेली चलाउने नातिपनि !
सकि नसकी ढुङ्गा निकालेरै हान्न पनि तागत छैन त्या पुर्याउने!
र हानीहाल्न पनि डर लाग्छ
कतै "चरा"को ठाउँमा परेवालाई लाग्ने पो होकि?
चिच्याएर लखेट्न हुन्थ्यो तर यो सासमात्रको"सुस्केरा"ले पनि
घुरघुर गर्ने परेवाकै घुरघुर बिथोल्छ कि?
त्यसैले चुपचाप "हल्ला"स्विकार्नै बेस बाबू !!
******************************************
निद्रा फेरि खुल्यो मात्र यत्ती सम्झिए केवल बृद्दाको एकलाप मात्र !धेरै कुरा पो भयकी सपनामा ,सबै बिर्सिएर यत्ती सम्झिए कि मात्र यत्ती नै देखे खै ?! तर सपना नभएर बिपना भाको भे दोहोरो कुरा गर्थे बृद्दासङ्ग । र धेरै कुरा सोध्थे उनिसङ्ग सुख(?) दु:ख का र सम्पुर्ण परिवारका । सपनामा नखुलेका पाटाहरुको बारेमा!
तर सपना चै आफुले चाहे जस्तो नहुने ! )
**********************************************


No comments:

Post a Comment

भागदौड

 किन भरीरहेछन्  अञ्जली-अञ्जली,  मुठ्ठी-मुठ्ठी  बालुवा ।  र दौडिरहेछन् जोडजोडले  च्याप्दै अञ्जली, जोडजोडले  कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...