Monday, May 6, 2019

स्वार्थ


   स्वार्थ
  ******

सिमाहरू तोक्दा तोक्दै
भागबन्डा लाउदा लाउदै
सम्पुर्णको 'मालिक'
बन्ने उन्माद आउने नै भयो !

स्वार्थका
पर्खाल खडा गर्न माहिर
'मानव'
आफ्नै शरीरका अङ्गहरूमा त
'भेदभाव' गर्छ

"कार्य विभाजनको आधार निर्धारण गरी
महत्व छुट्याउछ ।"

No comments:

Post a Comment

भागदौड

 किन भरीरहेछन्  अञ्जली-अञ्जली,  मुठ्ठी-मुठ्ठी  बालुवा ।  र दौडिरहेछन् जोडजोडले  च्याप्दै अञ्जली, जोडजोडले  कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...