Tuesday, June 12, 2018

"अहम / , म "





Image may contain: night, sky and nature
फोटो :- Google 
"अहम / ,
म "
**********************
सूर्यलाई 
जत्तिनै बाक्लो गरि 
अध्यारो हुने गरि छेकेपनि 
आखिर झरेर 
बग्नै पर्छ क्यारे.......!
अनि फेरी तापले बाफिनु 
उड्नु 
फेरी झर्नु 
बग्नु 
जम्नु .....
उड्नु
झर्नु 
बग्नु 
जम्नु 
फेरी उड्नुका .... 
चक्रहरु दोहोर्याई रहन पर्छ केरे ......
"बादल" जतिनै शितल भएनी
बाफिनै पर्छ केरे..
[र ,पनि
"मै हु" छुट्न /छुटाउनु सबैभन्दा 
गाह्रो ] ।
----------------------------
तपाइँ मान्नुस 
या नमान्नुस .......
फूल टिप्नु 
तपाइलाई फूल मन पर्नु /,
फूललाइ प्रेम गर्नु हैन,
[हुदै हैन] (?) !
"उन्मुक्ततालाइ" 
"पिंजडा कैद"
"प्रेम" [मन पराइ ] नभई ,
[फूल प्रतिको] "इर्ष्या".........हो (? ) ! ।
© Siudileep

Tuesday, May 29, 2018

फूल" , "हामी" र हाम्रा स्वार्थ !


"फूल" , "हामी" र हाम्रा स्वार्थ !
*******************************

फूलको"धर्म" "फूल्नु र सुन्दर देखिनु"
मात्र हैन "झर्नु" पनि हो ! निर्मोही हातहरुको [जसले फूलको हत्या गर्छन] मात्र बन्धन
पनि त हैन फूल आफ्नो खुशी झर्नु र [फूल फूलाउने बोटकै]
सामिप्यतामा बिलिन हुनु पनि त हो !
हातका स्पर्श / सामिप्यता [हत्यारा] संग [पो त ] कति तर्सदो हो
डराउदो हो फूल ! न कि झरेरै पनि बोटसंगको.....

----------------------------

न तिम्रो स्वागतमा फुलेका हुन
फूल
न त उदाएको हो चन्द्रमा
[भ्रामक चन्द्रमा-, भ्रम मनपर्छ हाम्लाई न चन्द्र उदाउछ न डुब्छ] फगत आफ्नो धर्म निभाएका न हुन तर [आफ्नो तथाकथित खुशीको लागि] बिटुलाइदियौ र त न फूल
"फूल" रह्यो न चन्द्र
"चन्द्र" ! [फूल "माला" बन्यो चन्द्र तिम्रा तथाकथित
"सम्बोधनात्मक बिम्बहरु...."]

 © siudileep 

Wednesday, May 23, 2018

सत्य (?) [स्वतन्त्रता ] छाडी भ्रामक स्वतन्त्रता (?) तिर ....



सत्य [स्वतन्त्रता ]छाडी -भ्रामक स्वतन्त्रता तिर ...
*****************************************




रुख संग सामिप्यता तोडी "स्वतन्त्रता" को भ्रम उड्दा उड्दै अनकन्टार खोचमा झरेपछि [पातलाई ] स्वतन्त्रता /सामिप्यता /आत्मियता छोडी जन्जिरता संगै बिलिनता पो हो रहेछ को बोध हुने भए? किन छुट्थ्यो होला र रुख बाट[ पात ]? [आफु चिन्नु पो बोध! आफु [बोध] कै खोजि मा सकिने पात जस्तै जिन्दकी ]

[२ टुक्रा ] रित्ताई/रित्तिनु

[ २ टुक्रा ] रित्ताइ /रित्तिनु
*********************

[कहिले काही ] "रित्तिनु" ...... "सकिनु/ सिद्दिनु" नभै [नहुन सक्छ /हुदै हैन ] फेरी भरिनु अघिको खालीपन पनि त हुन सक्छ ! [पुरानो पछी ,नौलो फेराइ अघिको विश्रान्ति ]......! [रुखले पात फेर्नु जस्तै ..........को रित्तिनु नकी सिद्दिनु ।]
----------------------


मुक्त हुनुछ "सयौ" [बेढंगी] रंगबाट... हुनुछ "खालिखालि" रंगहिन... (रंगहिन हुनु बेरंगी हुनु [मात्रै पनि त] हैन ) आफुले चाहे जस्तो रंगले रङ्गीन, सादा हुनु [पनि त ] हो। [रंगिनु अघिको सादा पन/चाहे जस्तो रङ्गले रंगिनु अघिको तैयारी]... जस्तो - रुखमा नया पात पलाउनु अघिको खाली/ सादा ।

"शव" चित्कार


"शव" चित्कार **** जलाएर सक्किएपछी आखिर फर्किने "उही दिनचर्या" हो ! त्यसैले [एकछिनलाइ मात्र एकछिनलाइ ] जीवन दर्सन सहितका अलाप बन्द गर नसुआउदो ताल नमिल्या "झुर एक्टिंग" मलाई बिरक्त्त लाइसक्यो...[तिम्रो छटपटी] जल्न त देउ मज्जाले... कति हतारो कमसेकम नबिथोली [नगिजोली] जल्न त देउ..।

उचाई

उचाई
*********

"एक्लै हुनु" "एक्लिनु" [पनि त ] हैन ! [कहिलेकाही , "चौतारो " बनी "शितल/बिश्राम" दिनु ] र , भिड भन्दा पर धेरै पर ....टाढा टाढाबाट.... धेरै टाढा टाढा धेरै टाढा धेरै पर पर ..... र , परैबाट प~~~~र को भिड निर्धक्क नियाल्नु [पनि त ] हो ।

Tuesday, May 15, 2018

काँडाहरु ...

Image may contain: plant, sky, tree, outdoor and nature
     काँडाहरु
  **************

प्रिय मित्र !
सिउड़ीको "काडा",
तिम्ला/हाम्ला हो,
भार [ ...जस्तो लाग्ने देख्दा]
न कि सिउडीलाइ !
अनि,
तिम्ला/हाम्ला हो बिझ्ने
न कि सिउडीलाइ !
"सिउडी" त बाच्ने आधार हो ["उसको काडा"]
[र 
हो रक्षक...
अर्थात संरक्षक !
अनि ,
उसकै अभिन्न "अंग"] 

--------------------------

फूलहरु "सुन्दर" हुन्छन.....
तर,
काडाहरु "झन् बढी सुन्दर हुन्छन" [ "फूल भन्दा सुन्दर" हुन्छन !]
सुन्दरताको रक्षक
कसरि असुन्दर [कुरूप ]हुन सक्छ ?..........
फूल पाहुना न हो
केहि समयको
फूल फुलाउनेहरुको [रुख/बोटको ]
साथ नछाड्ने त काडा पो त
फेरी पाहुना आगमनसम्म्मै !
र,कालान्तर.... सम्मै पनि
सुन्दरता फूलाउनेको साथ नछाडी
सुन्दरताको
र ,सुन्दरता फूलाउनेको रक्षक
"स्थायी" काडा,
अस्थायी "फूल" भन्दा
सुन्दर हुदैन र ?




© siudileep 

भागदौड

 किन भरीरहेछन्  अञ्जली-अञ्जली,  मुठ्ठी-मुठ्ठी  बालुवा ।  र दौडिरहेछन् जोडजोडले  च्याप्दै अञ्जली, जोडजोडले  कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...