Tuesday, January 26, 2016

" देवता "



"देवता"
*******


थुरुरु कापेका-
निला ओठले,
मधुर ,थर्थराउदो स्वरमा
निलै नशा देखिने चाउरिएका हात थाप्दै
मन्दिर बाहिर बसेको बृद्द
अलाप गरिरहेछ -
केहि पैसा,केहि खानेकुरा हजुर ....।
तर,
हातमा भेटि,प्रसाद ,धुप बोकी
"देवता" पुज्ने, ढोग्ने

















हतार भाको भिडलाइ
जाबो "मगन्ते"को अलापको के मतलब
सुनोस कस्ले.सुन्ने फुर्सद कसलाई !
"देवता"जो पुज्नुछ ।... 






#siudileep
२०७१/चैत्र

No comments:

Post a Comment

भागदौड

 किन भरीरहेछन्  अञ्जली-अञ्जली,  मुठ्ठी-मुठ्ठी  बालुवा ।  र दौडिरहेछन् जोडजोडले  च्याप्दै अञ्जली, जोडजोडले  कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...