फूल ! फगत "फूल" मात्रै हैन ।
*************************
न सिकाउने कोहि ....
न सिक्ने "उ" (सिक्नु,सिकाउनुलाइ बहाना मान्दिम बुझ्नु बुझाउनुको पो अर्थ "उसले " बुझायो "उ" ले बुझ्यो )
तर फुल्यो ....
फुले पछी झुम्मिए भमरा ...
झुम्मीए कयौ आखाहरु
र मुस्कुराय .... (फोटोहरु:-स्वामी आत्मो सन्तोस /लुम्बिनी,जेतबन)
"उ" त निरन्तर मुस्कुराएकै छ !छेकेन काडाको अबरोधले
काडा अबरोध बन्दै बनेन
उ फुल्न !
बरु
बनिदियो
उसको सुरक्षा दिने "पाले" !
अहो !
कत्रो खुबी
काडा छिचोल्दै फुल्दिनु
काडाकै बिचमा "मुस्कुराउनु "
र उसैलाई "सुरक्षा कवज" बनाउनु !
कयौ दृस्टी झुकाइदिनु,
र लालायित पार्दिनु
मुस्कान छुटाइदिनु(?) (गज्जब फूल हेर्दा मुस्कुरानै पर्छ भन्ने के छ जे गरे पनि मुस्कुराए सरह हैन र )
कयौ भमरा झुमाउनुर
"अन्यलाई झुमादिनु " ।
No comments:
Post a Comment