Wednesday, August 16, 2017
एक जोडा घन्टी र एक जोडा परेवा
एक जोडा घन्टी र एक जोडा परेवा
*******************************
माथि धेरै माथि
पुग्नुछ डाडोमा..
र,बजाउनु छ,
डाडोको टुप्पोमा रहेका “२ ओटा घन्टी” ।
बाटो निकै कठिन छ,
बीच बाटोमा पुग्दा नपुग्दै
चिप्लिएर फेदमै झरिने ढुंङ्ग्यान,
चिप्लो बाटो ।
मौसम पनि यहि बेला बेइमानी भैदिन्छ
घरि दर्कीदिन्छ पानि,घरि असिना
घरि बाटोनै छोपिने गरि हिउ नै हिउ !
प्राण बायुले समेत घात गरिदिन्छ र भै दिन्छ कम कम .....
निस्वास(?) बनाइ ढलाइदिन्छ घरि घरि !
यात्रै पिच्छे,
पाइलै पिच्छे,
तर्साउन ,बाटो छेक्न आउने,
ब्वासाहरुको बिगबिगी,
र, ठुंङ्ग्न आउने काला चिल हरुको बिगबिगी उस्तै ।
भैदिन्छ प्रकृति पनि निस्ठुर यहि बेला,
फलाउदैन फल
मात्र फलाउछ काउछो ....
र उडाइदिन्छ झुसहरु !
फल फल्ने रुखहरुलाइ ,
झङ्ग्याइदिन्छ एजेरुका त्यान्द्राहरुले ।
तर,
पुग्नु छ माथि,
धेरै माथि डाडोको टुप्पोमा
र,बजाउनु छ घन्टी
टिङ्ग..टिंग...टि....ङ्ग........टिङ्....टिंग........टिङ्.......टिङ्ग टिङ्
अनि उडाउनु छ पिंजडामा कैद “२ओटा परेवा “
थुना मुक्त गरि !
बाटोका सम्पूर्ण अबरोध सधैलाई पन्छीने गरि
ब्वासा ,काला चिल
यात्रामा साथ नदिने मौसम ,प्रकृति,
काउछा फलाउने,र एजेरु झंग्याउने रुख
ढुङ्ग्यान ,चिप्लो
बाटो समेत
सबै तर्सिने गरि !
घन्टीको,
टिङ्ग..टिंग...टि....ङ्ग........टिङ्....टिंग........टिङ्.......टिङ्ग टिङ्
संगै स्वतन्त्र उडेका परेवाका
भुरुरुरुरुरुरुरुरुरुरुरुका आवाजहरुले ।..........
(“२टा” घन्टी र “२टा” परेवा समुहका संकेत हुन् )
Subscribe to:
Post Comments (Atom)
भागदौड
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
ऐठन …………………………………………… कहिले काहीँ सपनाका कुरा गरम । अनुहार भरी मुज्जाले भरिएकी दुब्ली बृद्दा छेउमै सुतेको सानो ख्याउटे नातिक...
-
बुद्द,परेवा र एक थान सपना --------------------------- रगत लतपतिएको कुरुप बुद्दको मुर्ति देखाउदै, हड्बडाउदै भाइ चिच्यायो...
No comments:
Post a Comment