Tuesday, May 29, 2018

फूल" , "हामी" र हाम्रा स्वार्थ !


"फूल" , "हामी" र हाम्रा स्वार्थ !
*******************************

फूलको"धर्म" "फूल्नु र सुन्दर देखिनु"
मात्र हैन "झर्नु" पनि हो ! निर्मोही हातहरुको [जसले फूलको हत्या गर्छन] मात्र बन्धन
पनि त हैन फूल आफ्नो खुशी झर्नु र [फूल फूलाउने बोटकै]
सामिप्यतामा बिलिन हुनु पनि त हो !
हातका स्पर्श / सामिप्यता [हत्यारा] संग [पो त ] कति तर्सदो हो
डराउदो हो फूल ! न कि झरेरै पनि बोटसंगको.....

----------------------------

न तिम्रो स्वागतमा फुलेका हुन
फूल
न त उदाएको हो चन्द्रमा
[भ्रामक चन्द्रमा-, भ्रम मनपर्छ हाम्लाई न चन्द्र उदाउछ न डुब्छ] फगत आफ्नो धर्म निभाएका न हुन तर [आफ्नो तथाकथित खुशीको लागि] बिटुलाइदियौ र त न फूल
"फूल" रह्यो न चन्द्र
"चन्द्र" ! [फूल "माला" बन्यो चन्द्र तिम्रा तथाकथित
"सम्बोधनात्मक बिम्बहरु...."]

 © siudileep 

Wednesday, May 23, 2018

सत्य (?) [स्वतन्त्रता ] छाडी भ्रामक स्वतन्त्रता (?) तिर ....



सत्य [स्वतन्त्रता ]छाडी -भ्रामक स्वतन्त्रता तिर ...
*****************************************




रुख संग सामिप्यता तोडी "स्वतन्त्रता" को भ्रम उड्दा उड्दै अनकन्टार खोचमा झरेपछि [पातलाई ] स्वतन्त्रता /सामिप्यता /आत्मियता छोडी जन्जिरता संगै बिलिनता पो हो रहेछ को बोध हुने भए? किन छुट्थ्यो होला र रुख बाट[ पात ]? [आफु चिन्नु पो बोध! आफु [बोध] कै खोजि मा सकिने पात जस्तै जिन्दकी ]

[२ टुक्रा ] रित्ताई/रित्तिनु

[ २ टुक्रा ] रित्ताइ /रित्तिनु
*********************

[कहिले काही ] "रित्तिनु" ...... "सकिनु/ सिद्दिनु" नभै [नहुन सक्छ /हुदै हैन ] फेरी भरिनु अघिको खालीपन पनि त हुन सक्छ ! [पुरानो पछी ,नौलो फेराइ अघिको विश्रान्ति ]......! [रुखले पात फेर्नु जस्तै ..........को रित्तिनु नकी सिद्दिनु ।]
----------------------


मुक्त हुनुछ "सयौ" [बेढंगी] रंगबाट... हुनुछ "खालिखालि" रंगहिन... (रंगहिन हुनु बेरंगी हुनु [मात्रै पनि त] हैन ) आफुले चाहे जस्तो रंगले रङ्गीन, सादा हुनु [पनि त ] हो। [रंगिनु अघिको सादा पन/चाहे जस्तो रङ्गले रंगिनु अघिको तैयारी]... जस्तो - रुखमा नया पात पलाउनु अघिको खाली/ सादा ।

"शव" चित्कार


"शव" चित्कार **** जलाएर सक्किएपछी आखिर फर्किने "उही दिनचर्या" हो ! त्यसैले [एकछिनलाइ मात्र एकछिनलाइ ] जीवन दर्सन सहितका अलाप बन्द गर नसुआउदो ताल नमिल्या "झुर एक्टिंग" मलाई बिरक्त्त लाइसक्यो...[तिम्रो छटपटी] जल्न त देउ मज्जाले... कति हतारो कमसेकम नबिथोली [नगिजोली] जल्न त देउ..।

उचाई

उचाई
*********

"एक्लै हुनु" "एक्लिनु" [पनि त ] हैन ! [कहिलेकाही , "चौतारो " बनी "शितल/बिश्राम" दिनु ] र , भिड भन्दा पर धेरै पर ....टाढा टाढाबाट.... धेरै टाढा टाढा धेरै टाढा धेरै पर पर ..... र , परैबाट प~~~~र को भिड निर्धक्क नियाल्नु [पनि त ] हो ।

Tuesday, May 15, 2018

काँडाहरु ...

Image may contain: plant, sky, tree, outdoor and nature
     काँडाहरु
  **************

प्रिय मित्र !
सिउड़ीको "काडा",
तिम्ला/हाम्ला हो,
भार [ ...जस्तो लाग्ने देख्दा]
न कि सिउडीलाइ !
अनि,
तिम्ला/हाम्ला हो बिझ्ने
न कि सिउडीलाइ !
"सिउडी" त बाच्ने आधार हो ["उसको काडा"]
[र 
हो रक्षक...
अर्थात संरक्षक !
अनि ,
उसकै अभिन्न "अंग"] 

--------------------------

फूलहरु "सुन्दर" हुन्छन.....
तर,
काडाहरु "झन् बढी सुन्दर हुन्छन" [ "फूल भन्दा सुन्दर" हुन्छन !]
सुन्दरताको रक्षक
कसरि असुन्दर [कुरूप ]हुन सक्छ ?..........
फूल पाहुना न हो
केहि समयको
फूल फुलाउनेहरुको [रुख/बोटको ]
साथ नछाड्ने त काडा पो त
फेरी पाहुना आगमनसम्म्मै !
र,कालान्तर.... सम्मै पनि
सुन्दरता फूलाउनेको साथ नछाडी
सुन्दरताको
र ,सुन्दरता फूलाउनेको रक्षक
"स्थायी" काडा,
अस्थायी "फूल" भन्दा
सुन्दर हुदैन र ?




© siudileep 

फूल र मुस्कान / बेअर्थी मिलन [ बेढंगी बर्बराहट आत्मालाप ]

Image may contain: flower and plant
  
फूल र मुस्कान /
बेअर्थी मिलन
[ बेढंगी बर्बराहट आत्मालाप ]
***********************
"फूल मुस्कुराइरहेथ्यो" ......
मुस्कुराउन छोड्या त
तिम्रो हातमा परेपछि न हो
"तिमि मुस्कुराउदै"....
जब छुटाईदियौ साथ
बगैचा/काण्ड/पात/काडासंग !
र,
गुमाइदियौ उसको
निजित्व/आफ्नोत्व !
अनि,
त्यसपछि
तिमि मुस्कुराएको छौ त ?,
ओइलाएपछि पनि फूल ?
आखिर केहि छिनमै
ओइलाउछ/ओइलायो फूल
त्यसपछि पनि बच्यो त
तिम्रो मुस्कान?...
न बच्छ/बच्यो
तिम्रो मुस्कान
न बच्छ/बच्यो
उस्को [फूलको] नै ....
बच्छ केवल "ओइलिएको"
फिक्का फिक्का
फिक्कापन ।
--------------------------------------------------
नभेटे पनि
एक अर्कालाई,
मुस्कुराइरकै छन फूल
फरक फरक बोट
फरक फरक हाँगामै ......
मुस्कुराउन छाड्या त
भेटेपछि हो
[भेटाइदिए पछि ]
यौटै मालामा .....................
[ मिलाएकै बखत देखि
ओइलाउन सुरु गर्या हुन् ]
© siudileep 
  [D-leep Gyawali ]

"तथाकथित भ्रामक मायाका" बन्दि फूलहरु


"तथाकथित भ्रामक मायाका" बन्दि फूलहरु
***********************************
तिमि मान / या नमान ...
तिम्ले,
"फूल फुलाउनु" [बगैचा बनाउनु]
फूलको माया लागेर हैन
[मोहित भएर मात्र हो ]
[हत्या गर्न ] निमोठ्न हो !
Image may contain: plant, flower, tree, outdoor and natureफूलको लागि
"बगैचा [नै] चाहिन्छ,/ फूल फूलाएको"....
यी यस्ता यस्तै ...............
भ्रमहरुबाट मुक्त हौ मित्र !
किनकि,
जंगलमा आफै [पनि त ] "फूलिरहेछन" फूलहरु ।
फूलहरु,
तिम्रो "तथाकथित माया "
[बगैचा ] बिनै
झन बढी स्वतन्त्र छन
फुल्छन /फूलिरहेछन ।

भागदौड

 किन भरीरहेछन्  अञ्जली-अञ्जली,  मुठ्ठी-मुठ्ठी  बालुवा ।  र दौडिरहेछन् जोडजोडले  च्याप्दै अञ्जली, जोडजोडले  कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...