Tuesday, May 29, 2018

फूल" , "हामी" र हाम्रा स्वार्थ !


"फूल" , "हामी" र हाम्रा स्वार्थ !
*******************************

फूलको"धर्म" "फूल्नु र सुन्दर देखिनु"
मात्र हैन "झर्नु" पनि हो ! निर्मोही हातहरुको [जसले फूलको हत्या गर्छन] मात्र बन्धन
पनि त हैन फूल आफ्नो खुशी झर्नु र [फूल फूलाउने बोटकै]
सामिप्यतामा बिलिन हुनु पनि त हो !
हातका स्पर्श / सामिप्यता [हत्यारा] संग [पो त ] कति तर्सदो हो
डराउदो हो फूल ! न कि झरेरै पनि बोटसंगको.....

----------------------------

न तिम्रो स्वागतमा फुलेका हुन
फूल
न त उदाएको हो चन्द्रमा
[भ्रामक चन्द्रमा-, भ्रम मनपर्छ हाम्लाई न चन्द्र उदाउछ न डुब्छ] फगत आफ्नो धर्म निभाएका न हुन तर [आफ्नो तथाकथित खुशीको लागि] बिटुलाइदियौ र त न फूल
"फूल" रह्यो न चन्द्र
"चन्द्र" ! [फूल "माला" बन्यो चन्द्र तिम्रा तथाकथित
"सम्बोधनात्मक बिम्बहरु...."]

 © siudileep 

2 comments:

भागदौड

 किन भरीरहेछन्  अञ्जली-अञ्जली,  मुठ्ठी-मुठ्ठी  बालुवा ।  र दौडिरहेछन् जोडजोडले  च्याप्दै अञ्जली, जोडजोडले  कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...