Thursday, September 26, 2019
साथ
साथ
-------
जेलिए भने त
आफ्नै खुट्टा पनि एकआपसमा
लडाउछन यात्रीलाई ।
छुट्टा छुट्टै
तर , 'साथसाथै' खुट्टाहरूले नै
पार गर्छन दुरीहरू……
बधशाला
बधशाला
---------
र
संसार एक 'बधशाला' हो
अनि हामी
बधशालाका 'मालिक' ।
रेटिरहेछौ -
बिभिन्न नाममा , सम्पुर्ण - सम्पुर्णताहरू ।
र कहिले रेटिरहेछौ -
अरुका स्वतन्त्रता
बिचारहरू
र अस्थित्वहरू ।
अनि कहिले रेटिरहेछौ -
आफ्नै सपना
स्वतन्त्रताहरू र अरू अरू हरू ।
हामी फगत 'बधशालाका मालिकहरू' ।
---------
र
संसार एक 'बधशाला' हो
अनि हामी
बधशालाका 'मालिक' ।
रेटिरहेछौ -
बिभिन्न नाममा , सम्पुर्ण - सम्पुर्णताहरू ।
र कहिले रेटिरहेछौ -
अरुका स्वतन्त्रता
बिचारहरू
र अस्थित्वहरू ।
अनि कहिले रेटिरहेछौ -
आफ्नै सपना
स्वतन्त्रताहरू र अरू अरू हरू ।
हामी फगत 'बधशालाका मालिकहरू' ।
घमण्ड
घमण्ड
-------
काध फेर्नुस ……
बिस्तारै फेर्नुस !
काध फेर्दै गर्दा
तपाइले थामेको संसार ढल्पलिएला
र , आकाश तल धर्ती माथी होला ।
त्यसैले
बिस्तारै फेर्नुस काध ।
तपाईले काध फेर्नु भएन भने
कस्ले थाम्ला र पृथ्वी ?
हो त्यसैले फेर्नुस काध
भ्रमहरूका !
हो !
फेरीरहनुस् काधहरू ……
मार्ग
मार्ग
------
सिँढी नभै नचढिने
उकालोहरूमा
सिँढी चै बनाइदिन्छ कस्ले ?
सिँढी बनाउदा -
आफू छुटिने
र अरू चढ्ने अहम् /डरहरूका
'खुट्टा तनाइहरूमा !'
[ न चढ्नु उकालो
न बनाउनु सिँढी ] ……
हतारो
हतारो
---------
एक्कैछिन त खेल्नु नि
बिहानका कलिला किरणहरू
बहदै गरेको नदीको पानीसङ्ग !
क्षणिक
'मनोरम स्पर्शैमै'
कत्ति हतारो 'दुबैलाइ'
बगिरहन………
परिबन्ध
परिबन्ध
-------
पुच्छरमा रसि बाधेर उडेको
घामकीरी !
उड्न त उडिरहेछ…
तर
पुच्छर अर्कैको हातमा सुम्पेर ।
न चुटाउन सकिने रसि
न चुटाउन सक्ने आफ्नै पुच्छरको
परिबन्धमा ।
Subscribe to:
Comments (Atom)
भागदौड
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
ऐठन …………………………………………… कहिले काहीँ सपनाका कुरा गरम । अनुहार भरी मुज्जाले भरिएकी दुब्ली बृद्दा छेउमै सुतेको सानो ख्याउटे नातिक...
-
बुद्द,परेवा र एक थान सपना --------------------------- रगत लतपतिएको कुरुप बुद्दको मुर्ति देखाउदै, हड्बडाउदै भाइ चिच्यायो...