Saturday, April 25, 2020
प्रकाश नपर्ने ओसेपहरु
गज्याङ् गुजुङ्ग बक्र रेखाहरु
सिधा हुन्छन होला कहिले ?
प्रकाशहरुको स्पर्श विनाका
ओसहरु,
अलिकती प्रकाश छिरे
उज्यालिन्थे होला ।
गज्याङगुजुङ बक्रताहरु
प्रकाश छिर्नेगरी -
सिधा होलान कहिले ? !
झरेको फूल
झरेको फूल
*
सिमल फूल !
कसैबाट चुडिनका जोखिमबाट
टाढा ।
कसैबाट चुडिनु भन्दा-
आफै झर्नु बेस ।
फोटो -बिपिन ज्ञवाली
पैताला र डोब
पैताला र डोब
*
पैतालाहरुले
ढुङ्गामा असहज मान्लान
किनकी
उस्लाइ बनाउनु छ पैतालाका डोब ।
ढुंगा
पैतालाहरुका फुर्क्याइहरुमै
फुर्किदैन र टास्न तयार भैदिन्न ती डोबहरु ।
उ खोज्दो हो - क्षणिक स्पर्श भन्दा
लगातारको 'आत्मिक स्पर्श' बन्ने गरी -
गाढा चिन्हहरु ………
फूल र फोहर ।
फूल र फोहर ।
*
फोहर हुदैमा
कहाँ फूल्न छोडेका छन र फूल?
फोहर माथिनै !
फोहरका मुहानहरुलाई
[दुषित 'हातहरुलाई' ]
गिज्याउदै । ………
Monday, April 13, 2020
लकडाउन बकबक
लकडाउन बकबक
*
लकडाउन हुनु अघिल्लो रात अलिक अबेर थाह पाए ! नत्र चल्दिन्थे पहाड ।
मलाइ त्यति धेरै गारो त हुदैन ,बाहिर ननिस्की कयौ दिन बस्नलाई ! बस्न सक्छु ! तर त्यो आफु खुसि बसाइ र यो परिस्थिती जन्य बसाइ त फरक हुने भैहाल्यो , आफू खुसी बस्दा झोक चल्दा एक्लै भएनी चोक सम्म जान च्या खान/बुक पसल चहार्न /साथीहरु सङ भेटघाट गर्न मन लागेको बेला त पाइन्छ भन्ने हुन्थ्यो अहिले अबस्था फरक ।
कहिल्यै अरुबेला पनि रुटिङमा र व्यबस्थित चलाउन पर्दा सकस हुने अहिले जीवन झन बेसि अव्यबस्थित हुने त भैहाल्यो नै ।
एक हप्ता यत्तिकै बित्यो पढ्न खास मन लागेन मुभी/नाटक हरु डकुमेन्ट्रीहरु हेर्यो ,समाजिक सन्जाल चहार्यो ,समाचार पढ्यो लेखहरु पढ्यो कुण्ठा/आक्रोश अभिव्यक्त गर्न मन लागेका कुरा स्वतन्त्र फ्याक्यो ……

जब लक डाउन थपियो ,अनि सङ्गै आउने समाचारहरु सरकारको रवैयाले चयन नहुदो रैछ ! कोठामा बसेर भुत्भुताएर केहि हुन्न लागे पनि यो अचम्मको चिज रछ मन /मस्तिष्क भुत्भुतीदो रछ रिस उठ्दो रछ दाह्रा किटकिटाउदा रछन ………आफ्ना जनताप्रती अंसबेदशिल अभिव्यक्ती ,भ्रष्टाचार जनताका रोदन सम्बोधन गर्नु भन्दा भित्रै बस का नारा हरु चैन नदिन प्राप्त छन !
गन्जागोलमै पनि धम्न भाइहरु पहाड गाका छन राम्रा राम्रा फोटा पोस्ट्याउछन ,कुनै साथी हरु छन केही रमाइला लिङ्क शेयर गर्छन ! केही 'मानव'हरु छन खाद्यान्न सकिएर अलपत्र परेका हरुलाइ खाना खुवाएको सहयोग गरेको जनावर चराहरुलाई समेत प्रेम बाढेको /खाना/पानी खुवाएको देख्न सुन्न पाइन्छ,कोहि कोहि लेखक हरु छन आनन्द हुने लेख हरु लेखिराछन …… खबरदारी गर्नेहरु गरिराछन यत्तीले पनि मन केही हलुका हुन्छ ! तर यो पाटो भन्दा बेसि सरकारका गैरजिम्मेवारि हर्कत उनिहरुका जेसुकै कर्तुतका समेत समर्थकले चै फेरि होडलिदिन्छन …………
गीत सुन्दै छतमा निस्कियो अहो आज सम्म ख्यालै नगरिएका हुन कि यति धेरै चरा हाम्रै माथी उड्दा रछन लाग्छ ,उनिहरु खान राखिदिएको पानीमा पौडिदा दाना टिप्दा यत्ती रमाउछन मन लाग्छ बच्चा बन्दिन मन लाग्छ र ताली बजाउदै उफ्रिउ उफ्रीउ हुन्छ ! उनिहरु उडिरहेकै छन गीत गुनगुनाइरहेका छन
पिंजडका रोदनलाई गीत सुन्ने हामीहरुका अहिलेका रोदन के सुन्दै होलान यी चराहरु ?
अलिक अगाडीको आँपमा भरिने चराहरुका हुल यिनिहरुको घर त फरक फरक हुदो होनी ? त्यहाबाट कहिले सङ्गै उड्छन कहिले एकैपटक । चौतारीमा बसेर सुस्ताए झै र दाजुभाइ /साथीभाइ भेट भएर गफीएझै पो हो कि अलग अलग बसाइ भएनी बस्ने चौतारो साथीहरु भेट्ने 'क्याफे' ।
र सोचाइ फेरी बत्ताइरन्छ लाग्छ - दिनहु हुल बाधेर आउने चरा साची हिजै आएका /अघिल्को पटक आएका नै हुदा हुन कि अलग/अलग होलान ? अघिका मध्य केहि अन्य साथीहरु सङ्गै आएका होलान कि ग्रुप नै अर्को ?आखिर चरा सङ्ग रम्ने र रमाइहरुमै बत्तिइरहे, सोच न हुन आइरहन्छन यस्ता सोच,मान्छे देखेर होकि पानी खान न आएको भनेर छल्लियो भने एकाध आउछन चारो टिप्छन पानी खान्छन जान्छन !मान्छे नदेख्दा हुलै आएर पौडी खेल्दा हुन सायद !
अरु बेला हेक्का नहुने त्यै आँँप फुलेको देखेनी ए फुलेछ दाना लागेछन मात्र हुदो हो (कि फुलेकै ख्यालै नहुदै दाना लागेको देखिदो हो या यस्तै केही) अहिले ससना फूल लागेको देखि ससाना हुँदै फल लाग्दै गरेको सम्मका सबैको साक्षी हुदा लाग्छ ओहो ! कत्ती छिटो फूल थ्यो दाना लागिसक्या अझै कुनै फूल छोड्दै चिचिला लाग्दै कोहि हुर्कदै ………

कहिले काहीँ चै देश/जनताका बारम्बार दुखका समाचार पैदल हिडिरहेका खाना सकिएर रोइरहेका ,अन्य गम्भिर रोगको समेत नियमित उपचार हुन नपाउदाका जनताका रोदन र फेरि उनिहरुका सहजताका दैनिकी तिरका ध्यान सङ्गै सुरक्षित बस्नुस घर बस्नुस भन्नू पर्नेमा सरकारमा रहेकाहरुका फगत "भित्रै बसका नारा" मात्रले चिट्चिट्याहट छुटाउछ ,यस्तो बेला यहि ह्याङ् मा चै चराको गीत समेत सुन्दर लाग्दैन ………खै किन यस्तो हुन्छ !
अचेल रातीमा बेजोड कुकुर भुक्न थालेका छन पहिले पनि भुक्थे यति धेरै भुके जस्तो लाग्दैन्थ्यो सायद भोकाएर होकी ?
बाहिर डुलिहिड्ने कुकुरहरुका भुकाइहरु पक्कै भोक कै हुन ……जस्तो भोकमै त रोएका नागरिकका भिडियो/समाचार दुखहरु अहिले सुनिरहेछौ /हेरीरहेछौ ।
नागरीक रुदा 'नदुख्नेहरु' लाई भोकका [जनावर] 'कुकुरका भुकाइहरु' त झन के मतलब ।

सुरक्षिति बसौ ,घर मै बसौ जहाँबाट जे सकिन्छ जस्लाइ सकिन्छ सहयोग गरौ, यो कहर सकियो छिटै अनि हामी उहीँ दौडधुपमा हुदा पनि यी चरा यी रुख सबै याद गर्न सकियोस यस्तो भए कति सुन्दर हुन्थ्यो होला !
तर हामी स्मरण शक्ति कम भएका मान्छेहरु न पर्यौ,तर अब यसो नभैदिए कति गजब हुन्थ्यो होला !
तर हामी स्मरण शक्ति कम भएका मान्छेहरु न पर्यौ,तर अब यसो नभैदिए कति गजब हुन्थ्यो होला !
तर नागरिकको दुखमा समेत अश्लीलता प्रदर्शन गर्नेहरुका (जोसुकै होउन/सरकार/व्यापारी)बेथितीमा बोल्न नछोडौ जता जसरी बोले/लेखे पनि कमसेकम आफू नमरेको प्रमाण त हुन्छ,उनिहरुले नसुन्नु अलग कुरा ।
सबैको मंगल होस ।
[यो यतिकै मनमा आएका भावहरुको फगत टिपोट हो ,सिलसिलाबद्ध कुनै लेख र पठनीय आलेख/लेख हैन ,त्यै पनि दु:ख झेलेर पढ्नु भो भने त्यो बेहोर्नु परेको कस्टको लागि 'सरी' भन्छु । ]
Subscribe to:
Comments (Atom)
भागदौड
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
ऐठन …………………………………………… कहिले काहीँ सपनाका कुरा गरम । अनुहार भरी मुज्जाले भरिएकी दुब्ली बृद्दा छेउमै सुतेको सानो ख्याउटे नातिक...
-
बुद्द,परेवा र एक थान सपना --------------------------- रगत लतपतिएको कुरुप बुद्दको मुर्ति देखाउदै, हड्बडाउदै भाइ चिच्यायो...