Friday, May 22, 2020

रेस

प्रतिस्पर्धाका रेस
किन यति अश्लील ?
आर्यघाट सम्मै पुगेर रोकिने
घडिका टिकटिकहरु जस्तै
ढुकढुक ढुकढुकहरुमा पनि
ओहो ! हेरत !
आर्यघाट समेत स्वामित्वका रेस।

अट्छ त आर्यघाट त्यति सानो
कात्रोको खल्टिमा?
चिन्छ चिताले तिम्रै देह ?

ओहो !
स्वप्न भैदिए हुने
बिपना पनि कत्ति चिसा
उ हेरत !
उराठिला रेसमा सहभागी
अश्लिल रेसका भिडहरु ।

पूल र पैताला

कुल्चाइहरु छोडेर
यात्रीहरु कहाँ- कहाँ पुगेहोलान……
अन्य पदचापहरु पर्खदै
'सोस्याहट' सुन्दै बसीरहेछ-
 पुल ।

पाइला माथीका
अपरिचितहरुकै पाइलाहरुमै
आफ्ना पाइलाका खप्ट्याइहरु छोडेर
कहाँ- कहाँ
कति पर ~~पुगे होलान -
ती पाइलाहरु ! ……



[ 📷️  -@scriptpeedu

गुँड र चरा

हटाइदिएर बास
सुन्न चाहने चिरबिर चिरबिर ।

बस्ने ठाउँ बिना -
बास खोजोस कि
गाओस गीत?

नभत्काइदिए पुग्छ गुँड
र , नखल्बल्याइ दिए पुग्छ - उस्को स्वतन्त्रता ।

उ आफै खोज्छ आफ्नो बास
र बनाउछ आफ्नो गुँड आफै !
अनि गाउँछ - सुमधुर गीत ।……



स्मृति




 स्मृति
   **

कुनै कुनै
जुन महत्व बिहिन ठानिएका
कतै कतै 'एक्लिएका चिजहरु' !
ति संग गाँसिएका स्मृतिहरुले
बहुमुल्य भैदिन्छन ।

देखेनौ के ?
वनैभरी फल्दै झर्ने -  स्मृति संगालेका
'स्मृतिका बहुमुल्य अतितहरु' ? ।





[ 📷️ © स्क्रीप्ट  ]

अनिच्च !

अनिच्च !
    **
१]
परेलाका चिमचिमहरुमा -
चिम्ल्याइ
र खुलाईहरु
कत्ती क्षणिक/क्षणिक ।
तेस्तै
क्षणभङ्गुर' सम्पूर्णताहरु।













२].

  ====

पलाउनै नसक्ने गरी काटिएपछि
एक्लो एक्लो रूख ।

नियालीरहेछ -
बादलहरुका नाच ।
बादल बनाइरहेछन स्वतन्त्र आकृती
छेकेरै सूर्य !
तर छिनभरमै मेटिदैका आकृति
[हराएझै रूखको] उसको
हरीयाली जस्तै जस्तै ।……




शीत पात रूख





शित छचल्किदा
चम्किए पात - थप्यो सुन्दरता पातको ।
टलबलटलबल शितको 
चमक थप्यो पातले ।

छोडि जानू त छदै छ -
शितले पात !
पातले  रूख ।

र ……
त्यसैगरी चम्किन्छन ……
नयाँ पात
अनि पातहरुमा शीत ।

कयौं पात र कयौं शीतका
चमकमा सुन्दरताका साक्षी
ती रूखहरुमा ……
पलाइदिए भने ऐजरू ?


फोटो -स्कृप्ट पिदुस 

भागदौड

 किन भरीरहेछन्  अञ्जली-अञ्जली,  मुठ्ठी-मुठ्ठी  बालुवा ।  र दौडिरहेछन् जोडजोडले  च्याप्दै अञ्जली, जोडजोडले  कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...