आत्मालाप -१
----
बिष्टा परेको हो धेरै पहिले मेरै काँधमा
र त्यै जगमा उम्रीएको हो उ ।
बिस्तारै हुर्कदै बढ्दै जाँदाजादै
ढाकेको हो उस्ले
बिस्तारै बिस्तारै मेटाइदिएर ……
आफु उभिएको आडको अस्थित्व ।
आफु माथि अरु कसैले जरा फिँजाउदै जादा
सक्किदै गएको रूख हुँ म ।
उस्ले जबरजस्ती बनाएको हो आफ्नो साम्राज्य
मै माथि ।
उ अग्लो उभिएको छ -
सक्काईदिएर सुरुमा आफुले टेकेको जराको आड ।
अहिले म बाट सरेर चराहरुले लगाउने गुँड
उस्कै लर्खरो उभ्याईमाथि छ ……