Tuesday, May 23, 2017

शून्य



 शून्य
*******



थाहा हुनु र नहुनु बिचको "झंकार"!
गन्तब्यको दुरी थाहा नहुनु तर,
पुग्नै आटेको " मिठो भ्रम"को झंकार !
स्वप्न र बिपना खुट्टयाउन नसक्नु बिचको झंकार !
.............................................................................

खोला किनारको एकान्त,
हजारौ "तरंग"
प्रकाशका झिल्का
साच्ची उत्कृस्ट पागलपला यत्तिले पुग्ला ?
अह ,पुग्दै पुग्दैन
मिठो उच्छ्रीङ्खल बहुलठ्ठीपन ।
...............................................................................







सबै झंकारहरु एकत्रित गरि,
एकान्तका हजारौ दृस्टी
(कस्तो डरलाग्दो,लोभलाग्दो एकान्तमा हजारौ दृस्टी ?)
स्वप्लिन ,धुमिल र अस्पस्टता हटेपछिको
लामो स्वास !
अहो !
स्पस्ट आकृति स्पस्ट प्रकाश स्पस्ट झंकार
क्रान्तिमय चेहरा प्रज्वलित दिब्य दिप जस्तै चम्किलो आकृतिमा
सम्पूर्ण शून्य अहो !
सम्पूर्ण शून्य !
सुखद !..................

 उफ !  कति मिठो भ्रामक सपना ।


Tuesday, May 9, 2017

गज्जब "आर्ट"


       

          गज्जब "आर्ट"
       ***************


बादलका टुक्राटुक्री मिलि बनेको,
 फरक फरक आकृती
संसारकै "उम्दा" पेन्टिङ्ग लाग्छ!
बिना कलाकार!
बिना पेन्ट!
बिना ब्रुस………का पेन्टिङ्गहरु !
आकृती बदलिदै,
बन्दै मेटिदै……
फरक फरक
 र बृहत् "चित्र"
सवैले आ-आफ्नै कल्पनाका आकृती सोच्ने स्वतन्त्रता ।………






गौतम "बुद्दु" र हामी "बुद्द"





           गौतम "बुद्दु"र हामी "बुद्द" !
           ******************
मलाइ त पहिल्यै मारिसक्या(?) हौ
र मार्दै छौ निरन्तर………
सम्प्रदाय ,सिमा ………मा बिभाजन गरि ।
तिमि"बुद्दहरु "हुदा हुँदै
म" बुद्दु "बाचिरहनु पर्छ भन्ने पनि के छ र ?
र,बाचिरहु पनि कसरी!
अनि आवस्यकता नै किन रह्यो र म " बुद्दुको"
बुद्दहरु मिलि बुद्दु बनायपछी !
पहिल्यै स्विकार्या हु
तिमीहरु बुद्द म बुद्दु ।……



©Siudileep
२०७३/बुद्दपुर्णिमा

म एक अतिबादि

         



          म एक अतिबादि
      ****************

हो !
म संसारकै "अतिबादि" मध्य एक हूं !
प्रश्न गर्न,बुझ्न भन्दा पहिलेनै
कसैलाइ दानव
र,कसैलाइ भगवान बनाउछु ।
दानवलाई मानव,
मानवलाई दानव,
दानवलाई भगवान,
भगवानलाई दानव,
मानवलाई भगवान ………
बुद्दलाई "बुद्दु " ,
बुद्दुलाई" बुद्द " बनाउछु
बनाउन अग्रसर हुन्छु,
अग्रसर छु
र ,बनाइरहेछु ।………

©siudileep
२०७३/बुद्दपुर्णिमा

शंखेकिरा मानिस र चरा




        शंखेकिरा मानिस र चरा
       ********

साच्ची !
 शङ्खेकिरा घस्रेको देख्दा,
र हेर्दा .....
पट्यार लाग्दो छैन त ! उस्को जिन्दकी ?-
हामी/म सोच्छौ/सोच्दा हौँ ।……

उ पनि त सोच्दो हो (?) -
"सधैको दौडधुप उफ् !,
कति पट्यार लाग्दो,
निरस मान्छेको जिन्दकी" ।........
__________________

स्वतन्त्र उड्ने,
चरा हेर्दै सोच्छौ -
वाओ ! चरा झै स्वतन्त्र हुन / उड्न पाए  !?!
 चरा सोच्दो हो (?) -
"मान्छे झै स्वतन्त्र हिड्न पाए " !

[उड्दा त चिलहरु....,
 अनि तेस्तै  डरलाग्दा
मट्याङ्ग्रा तैनाथ छन आक्रमण गर्न …………] ।


©siudileep

Saturday, May 6, 2017

रङ्गमन्चबाट गुप्तवास (गुप्तवासकि नबोदिता)नियाल्दा


   



                         रङ्गमन्चबाट गुप्तवास (गुप्तवासकि नबोदिता )नियाल्दा
                 **********************************************

प्रिय,
नबोदिता(अनबोदिता,अनामिका ,बिनामिका जे पनि हुन सक्छ.....)
तिम्लाइ याद छैन है ?!
र,
मलाइ चै याद छ !
त्यो दुर्घटना नभयर सुनोयोजित (?)
रचित घटना थियो!
तिम्लाइ याद होस पनि कसरी
जबकी,
रचित घटना मान्न तयार छैनौ
दुर्घटना नै हो भन्छौ !
किनकी ,
रचित घटनाको योजनाकार मध्य एक तिमी पनि हौ!
भेट भयो भने ………
याद होला?
स्विकार्न पर्ला रचित घटना भन्ने डर नपाल है !
त्यही भयले (?)
गुप्तवासको "गुप्तबास" है?
निर्धक्क बस,!
संरारले हेर्ने र
संरार देख्ने "गुप्तवास "मै ।
म चै ,
रचित घटना याद गर्दै रङ्गमन्च मै छु !!!


(नबोदिता को  डायरी तर डायरी लेख्ने नबोदिता नभै "उ" हो !  "परिस्थितीजन्य बेस्या"  (त्यसो त यो  रचित घटना सबै  ढोङ्गि पुरुषकै हुन तर रचित घटनाको योजनाकार,पात्र आफू हुदा हुदै "नबोदिता" तिरै तेर्साउछदै छ!उ चै निरीह छ ढोङ्गको अगाडि र भन्दिन्छे दुर्घटना हो तर त्यही दुर्घटना नमानी तेस्तै रचित घटना को पात्र उस्लाइ नै मान्दै घटनाहरु निरन्तर दोर्याउन चाहन्छ "उ" )

©siudileep


Tuesday, May 2, 2017

अराजक(?) सालिन (?) झरी अनि रुझाई !


       


         अराजक(?)
          सालिन (?)   झरी अनि रुझाई !

********************************



आउ,"निथ्रुक्कै "
भिजौ !
भिजौ,
आउ निथ्रुक्कै !!
………………………
एकोहोरो टोलाउदा ,
टोलाउदै;
 चुहिने "आशुको" सट्टा
  "रगत"को टाटासङ्गै?
………………………………
त्यसैले त आउ,
भिजौ निथ्रुक्कै !
पक्ष,
बिपक्ष,
आशु,
र,रगतै पखालिने गरि !
रास्ट्रवाद,(?)
अनि,
अरास्ट्रवाद (?)समेत भिज्ने गरि !!……………………

निथ्रुक्कै,हो निथ्रुक्कै।.......
नकुरौ मौसम,
वर्षा, ……………

भिजौ,निथ्रुक्कै
आउ निथ्रुक्कै भिजौ !!





        


भागदौड

 किन भरीरहेछन्  अञ्जली-अञ्जली,  मुठ्ठी-मुठ्ठी  बालुवा ।  र दौडिरहेछन् जोडजोडले  च्याप्दै अञ्जली, जोडजोडले  कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...