Tuesday, May 9, 2017

म एक अतिबादि

         



          म एक अतिबादि
      ****************

हो !
म संसारकै "अतिबादि" मध्य एक हूं !
प्रश्न गर्न,बुझ्न भन्दा पहिलेनै
कसैलाइ दानव
र,कसैलाइ भगवान बनाउछु ।
दानवलाई मानव,
मानवलाई दानव,
दानवलाई भगवान,
भगवानलाई दानव,
मानवलाई भगवान ………
बुद्दलाई "बुद्दु " ,
बुद्दुलाई" बुद्द " बनाउछु
बनाउन अग्रसर हुन्छु,
अग्रसर छु
र ,बनाइरहेछु ।………

©siudileep
२०७३/बुद्दपुर्णिमा

No comments:

Post a Comment

भागदौड

 किन भरीरहेछन्  अञ्जली-अञ्जली,  मुठ्ठी-मुठ्ठी  बालुवा ।  र दौडिरहेछन् जोडजोडले  च्याप्दै अञ्जली, जोडजोडले  कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...