Tuesday, May 23, 2017

शून्य



 शून्य
*******



थाहा हुनु र नहुनु बिचको "झंकार"!
गन्तब्यको दुरी थाहा नहुनु तर,
पुग्नै आटेको " मिठो भ्रम"को झंकार !
स्वप्न र बिपना खुट्टयाउन नसक्नु बिचको झंकार !
.............................................................................

खोला किनारको एकान्त,
हजारौ "तरंग"
प्रकाशका झिल्का
साच्ची उत्कृस्ट पागलपला यत्तिले पुग्ला ?
अह ,पुग्दै पुग्दैन
मिठो उच्छ्रीङ्खल बहुलठ्ठीपन ।
...............................................................................







सबै झंकारहरु एकत्रित गरि,
एकान्तका हजारौ दृस्टी
(कस्तो डरलाग्दो,लोभलाग्दो एकान्तमा हजारौ दृस्टी ?)
स्वप्लिन ,धुमिल र अस्पस्टता हटेपछिको
लामो स्वास !
अहो !
स्पस्ट आकृति स्पस्ट प्रकाश स्पस्ट झंकार
क्रान्तिमय चेहरा प्रज्वलित दिब्य दिप जस्तै चम्किलो आकृतिमा
सम्पूर्ण शून्य अहो !
सम्पूर्ण शून्य !
सुखद !..................

 उफ !  कति मिठो भ्रामक सपना ।


No comments:

Post a Comment

भागदौड

 किन भरीरहेछन्  अञ्जली-अञ्जली,  मुठ्ठी-मुठ्ठी  बालुवा ।  र दौडिरहेछन् जोडजोडले  च्याप्दै अञ्जली, जोडजोडले  कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...