Tuesday, February 5, 2019

!!!



चिटचिट पसिना आउदैको
थकित शरीर/टाउकोबाट ,गह्रौ भारी बिसाउदा
बिर्सेन आज पनि 'शितल' हम्किन
त्यो चौतारीको पिललले।

भारी बिसाएर भएको
हलुका शरिर न हो
मेटिएको शरिरको थकान र
सुकेको पसिना न हो ।

सोच्यो र गम्यो 'भारी मनले'
मान्छेहरु सबै,
यो रुख/पिपल जस्तै भाको भे
मन किन भारी हुदो हो।

!





धमिला आँखा मिच्दै
स्वासैश्वासमा फरफराए ओठ - 

"बाबै !
यो  धकेलाधकेल , दौडहरु के को?
र ,  कुन गन्तब्य चुमाइको ?" ……

ओहो ! 
कहि नपुगिने फगत 
मपाइत्व चुमाइका दौड ।
'यौटै सर्कलको डौडाइ'बाट
कहाँ पुग्नु ?
पुग्ने 'उहीँ दुरी  देखि उहीँ दुरीसम्म' न हो ।

Tuesday, January 1, 2019

आवरण


आवरण
*********

'आवरण' उस्तैउस्तै देखिने - तोरी र , कोदोका 'दानाहरु'.... तर ,छिपाईहरुमा [भित्रि] कत्रो भिन्नता ! यौटा बोकिरहेछ - 'तेल' ! र , अर्को बोकिरहेछ - 'पिठो' । [आवरणहरु , 'भ्रम' न हुन् !......]

Sunday, November 4, 2018

काँडा फूल हामी


काँडासंग गुनासो किन ? फूलहरु,
काँडाहरुकै बिचमा शालीन मुस्कुराईराछन त । काँडा, बिझाउने भए , फूललाइ बिझाउथे !
[र , फूलहरु फुल्दैनथे .......]

Wednesday, October 10, 2018

बदलाब

 बदलाब
***************

पानी ,
चुपचाप चुपचाप
आकार बल्दन तयार ..........
रापहरुमा  बाफीइ उड्न
र, चिस्यानहरुमा चिसीइ जम्न समेत !

प्रिय नबोदिता !
चुपचाप चुपचाप
बदलिन तैयार आकारहरुको
स्थायित्व, पनि त हुदैन (?) !

अस्थायित्व,
सधै सुन्दर हुन्छ भन्ने के छ ?
स्थायित्व, भन्दा
असुन्दर भै दियो भने ??...

प्रिय 'भिडहरु'

No automatic alt text available.
[फोटो: Google]


 प्रिय 'भिडहरु'
***********

[कहिलेकाही ]
'भिड र हल्लाहरु' पनि
कत्ति सुन्दर हुन्छन ।
अहो ! हेर त !
चिच्याउदै..... हल्ला गर्दै.......
दौडिदै -दौडिदै
ओरालो झर्दैका
[स्कुलबाट फर्केका ]
'स-स्याना केटाकेटीहरुका बथान ।'

धरातल


धरातल
************

बाफिएर उड्दै ,
बनेपनि 'बादल' छोडेर 'धरातल' !
आखिर ,
बर्षिनै पर्छ केरे !
 ["आपसमै ठोक्किएरै" ]
'यथार्थतामा ' ।

भागदौड

 किन भरीरहेछन्  अञ्जली-अञ्जली,  मुठ्ठी-मुठ्ठी  बालुवा ।  र दौडिरहेछन् जोडजोडले  च्याप्दै अञ्जली, जोडजोडले  कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...