Sunday, August 27, 2017
यस्तै केहि भ्रम
यस्तै केहि भ्रम
*******************
रंगिन/रंगिनहरु भन्दा
सादा
सादा ......................
सादा/ गज्जब !
सादालाई
चाहदा र मनलाग्दी रंगले
रंगाउन मिल्छ,
चाहे जसरि !
तर ,
रंगिन रंगायो भने
बिरूप देखिन्छ मित्र।
Friday, August 25, 2017
"ग्लास"को गुनासो "सर्बश्रेष्ठ प्राणि "संग
"ग्लास"को गुनासो "सर्बश्रेष्ठ प्राणि"संग
**************
कहिलेकाही लाग्छ -
चिया सक्कायपछीको
चियाको ग्लासले
चिच्यायर असन्तुस्टी पोख्यो भने ,
प्रश्न गर्यो भने
दिने उत्तर के छ मसंग?
*************************
ममतापुर्बक ,सन्तुस्टभावमा
स्पर्श,
चुम्बनका वर्षाको
"प्रेम"ले पुलकित ग्लास
चिया सकिएपछीको
उसलाई देखाउने ब्यबहारबाट.....
"प्रश्न" उब्जायो असन्तुस्टी पोख्यो र
सोध्यो भने?
********************************
उत्तर के दिदो हु ?
"त" त चिया हुन्जेलको
देखावटी साधन न होस्
ति "प्रेम ,स्पर्श "हरु
"त "द्वारा "म" चियालाई गर्थे प्रिय ग्लास !
चिया सकिएपछी तेरो अस्थित्व के ?
(मिल्किनु,भुइँ ,टेबल यत्रतत्र छरिनु पछारिनु लड्नुबाहेक)
किनकि ,
म "त "जस्तो अहम नभाको बन्न त सक्दिन नि,
म त मानब ,
अझै "सर्वश्रेष्ठ प्राणि" पो त !
बारम्बार आफ्नो स्वार्थ पूर्तिकोलागि जो जसलाई प्रयोग गर्ने
र ,प्रयोग पछी अस्थित्व भुल्ने
म सर्वश्रेष्ठ प्राणिमा मात्र सम्भब छ
हैन र ग्लास???
(उत्तर यहि हुनुपर्ने हो ..तर "म" सर्वश्रेष्ठ प्राणि "त "जस्तो ग्लास का गुनासा ,प्रश्नहरु सुन्ने उत्तर दिने गर्छु होलात बेबकुफ??)
*********************************************
Sunday, August 20, 2017
फूल ! फगत "फूल" मात्रै हैन ।
फूल ! फगत "फूल" मात्रै हैन ।
*************************
न सिकाउने कोहि ....
न सिक्ने "उ" (सिक्नु,सिकाउनुलाइ बहाना मान्दिम बुझ्नु बुझाउनुको पो अर्थ "उसले " बुझायो "उ" ले बुझ्यो )
तर फुल्यो ....
फुले पछी झुम्मिए भमरा ...
झुम्मीए कयौ आखाहरु
र मुस्कुराय .... (फोटोहरु:-स्वामी आत्मो सन्तोस /लुम्बिनी,जेतबन)
"उ" त निरन्तर मुस्कुराएकै छ !छेकेन काडाको अबरोधले
काडा अबरोध बन्दै बनेन
उ फुल्न !
बरु
बनिदियो
उसको सुरक्षा दिने "पाले" !
अहो !
कत्रो खुबी
काडा छिचोल्दै फुल्दिनु
काडाकै बिचमा "मुस्कुराउनु "
र उसैलाई "सुरक्षा कवज" बनाउनु !
कयौ दृस्टी झुकाइदिनु,
र लालायित पार्दिनु
मुस्कान छुटाइदिनु(?) (गज्जब फूल हेर्दा मुस्कुरानै पर्छ भन्ने के छ जे गरे पनि मुस्कुराए सरह हैन र )
कयौ भमरा झुमाउनुर
"अन्यलाई झुमादिनु " ।
Saturday, August 19, 2017
काडा फगत बहाना
काडा फगत बहाना
******************
काडा बहाना हुन् मित्र !
काडाले काडा निकाल्नु ,
मात्र संयोग हो भने
काडालाइ छल्दै
र,
जिल्लाउदै
फूल, फल फलिदिनुलाइ के मान्ने ?
बहाना न हुन् काडा।
हो काडा बहाना न हुन् ।।
Wednesday, August 16, 2017
एक जोडा घन्टी र एक जोडा परेवा
एक जोडा घन्टी र एक जोडा परेवा
*******************************
माथि धेरै माथि
पुग्नुछ डाडोमा..
र,बजाउनु छ,
डाडोको टुप्पोमा रहेका “२ ओटा घन्टी” ।
बाटो निकै कठिन छ,
बीच बाटोमा पुग्दा नपुग्दै
चिप्लिएर फेदमै झरिने ढुंङ्ग्यान,
चिप्लो बाटो ।
मौसम पनि यहि बेला बेइमानी भैदिन्छ
घरि दर्कीदिन्छ पानि,घरि असिना
घरि बाटोनै छोपिने गरि हिउ नै हिउ !
प्राण बायुले समेत घात गरिदिन्छ र भै दिन्छ कम कम .....
निस्वास(?) बनाइ ढलाइदिन्छ घरि घरि !
यात्रै पिच्छे,
पाइलै पिच्छे,
तर्साउन ,बाटो छेक्न आउने,
ब्वासाहरुको बिगबिगी,
र, ठुंङ्ग्न आउने काला चिल हरुको बिगबिगी उस्तै ।
भैदिन्छ प्रकृति पनि निस्ठुर यहि बेला,
फलाउदैन फल
मात्र फलाउछ काउछो ....
र उडाइदिन्छ झुसहरु !
फल फल्ने रुखहरुलाइ ,
झङ्ग्याइदिन्छ एजेरुका त्यान्द्राहरुले ।
तर,
पुग्नु छ माथि,
धेरै माथि डाडोको टुप्पोमा
र,बजाउनु छ घन्टी
टिङ्ग..टिंग...टि....ङ्ग........टिङ्....टिंग........टिङ्.......टिङ्ग टिङ्
अनि उडाउनु छ पिंजडामा कैद “२ओटा परेवा “
थुना मुक्त गरि !
बाटोका सम्पूर्ण अबरोध सधैलाई पन्छीने गरि
ब्वासा ,काला चिल
यात्रामा साथ नदिने मौसम ,प्रकृति,
काउछा फलाउने,र एजेरु झंग्याउने रुख
ढुङ्ग्यान ,चिप्लो
बाटो समेत
सबै तर्सिने गरि !
घन्टीको,
टिङ्ग..टिंग...टि....ङ्ग........टिङ्....टिंग........टिङ्.......टिङ्ग टिङ्
संगै स्वतन्त्र उडेका परेवाका
भुरुरुरुरुरुरुरुरुरुरुरुका आवाजहरुले ।..........
(“२टा” घन्टी र “२टा” परेवा समुहका संकेत हुन् )
Friday, August 11, 2017
अस्पतालको शैयामा "सन्त " सत्य ।
अस्पतालको शैयामा "सन्त " सत्य ।
...............................................
तिमि आफु नभनि"सम्पूर्णको"लागि
लड्यौ/लडीराछौ ,
माफिया/माफियातन्त्रको बिरुद्द ।
उनीहरु सम्पूर्ण छाडी आफ्नो लागि,
र मात्र माफियाको पक्षमा ।
हो तिम्रो भुल यहि नेर भयो,
माफिया पक्ष संग झुक्दै नझुक्नु ।
तिमि
भोलिका सन्तति ,देस सोच्यौ
आफु भन्दै नभनी,
आफु र आफ्नाहरुको मात्र
सोच्नेहरुको भिडमा
र,त्यहि भिडले
चल्ने /चलाउने देसमा !
गल्ति माथि गल्ति गरिरहयौ
आफ्नो स्वास(?)को
माया नगरी जनता ,देस ,भोलिका सन्तति
सोच्यौ ।
र त आफ्नो र आफ्ना मात्र
सोच्नेको भिडमा गलत भैराख्यौ ।
जनताको लागि सोच्नु गल्तीमा
जनताले ,
देखे सुन्दर भबिस्य
गल्ति देख्ने हरु त
"उनीहरु पो त" ।
तर ,
सत्य अस्पतालको
शैयाबाट बोल्दा,
क्रुर लाग्नेहरुलाई ,
भ्रम बाच्ने हरुलाई
के था आखिर सत्य सत्य नै हो ।
Wednesday, August 2, 2017
उत्सब मनाइदिने " भिड" ! " आफ्नो "लागि " आफु" बिना !
उत्सब मनाइदिने "भिड" ! "आफ्नो "लागि " आफु" बिना
************************************************
कोर"सलाई"
र
झोस"आगो"
किरिङ् मिरिङ्……किरिङ्ग मिरिङ्ग
कि ~रि~ङ्ग ,मि~रिङ्ग..
सल्बलाउने
"आफ्ना"सपनाहरुलाई
नकी
"उनीहरुका"।
साक्षी
हो
साक्षी
बस्ने जमात,
लाम लाग्छन
उत्सब मनाउन ।
("उनुर्का " सपना अन्सार जिइदिने हो भने लागातार "आफ्नो "बाहेक "उनुर्को "उत्सबै उत्सबको कमि हुदैन ! "आफ्ना" सपना जलाउदा साक्षी बस्दिने हरुको ! ! )
©siudileep
असार/०७४
Tuesday, August 1, 2017
हामि मिठा भ्रमका भुक्तभोगि (?) !
हामी भ्रमका भुक्तभोगि( ?) !
**********************
मलाइ "भ्रम" हरु मनपर्छ,
अत्ति प्रिय लाग्छ ।
किनकि,
"भ्रमहरु" दैनिकी हुन (?) ।
जस्तो कि-
"उदाउदो"
"अस्ताउदो "
सुर्य …(? ) गजब लाग्छ,
मन पर्छ ।
अर्थात
"भ्रम" गजब लाग्छ ।
भ्रम प्रिय लाग्छ ।
[घाम /सुर्य उदाउनु ,अस्ताउनु
हाम्रा " मिठा भ्रम " हैनन र ? ]
© siudileep
२०७४/साउन [फोटो:- script peedus ]
Subscribe to:
Comments (Atom)
भागदौड
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
ऐठन …………………………………………… कहिले काहीँ सपनाका कुरा गरम । अनुहार भरी मुज्जाले भरिएकी दुब्ली बृद्दा छेउमै सुतेको सानो ख्याउटे नातिक...
-
बुद्द,परेवा र एक थान सपना --------------------------- रगत लतपतिएको कुरुप बुद्दको मुर्ति देखाउदै, हड्बडाउदै भाइ चिच्यायो...
