Monday, October 30, 2017

बिघटित मोहमा उत्सब(?) (एक अपिल.... नबोदिता संग ...........)

 

          बिघटित मोहमा  उत्सब(?)
      (एक अपिल.... नबोदिता संग ...........)
**********************************

प्रिय नबोदिता, (यो सौहार्दपूर्ण सम्बोधन मात्र हो ! अन्य केहि हैन,छैन :) )
एक रात(?),
एकाध घण्टा/मिनेटमा(समयमा "प्रेम" तौलेर तौलिदै .....)
"बस्ने र,छुट्ने"
तथाकथित "प्रेम"हरु....का 
छुटाईमा 
रोइलो किन ?
उत्सब मनाउ नबोदिता,
उत्सब।
"मोहहरु"लाइ प्रेमका परिभाषाले
परिभाषित गर्दैका "तथाकथित तिम्रा प्रेमहरु"
 (नकी  प्रेम..प्रेम न बस्छ न छुट्छ न त परिभाषित नै हुन्छ अन्तरमनका अभिब्यक्त  नहुने स्वस्छ भाबहरु बस्ने,छुट्ने मर्ने हुन सम्भब छ र ?)
छुटेकै गज्जब .........।
आउ नबोदिता,
आउ 
हो !मज्जाले 
उत्सब मनाउ........
"तथाकथित मोहका"बिघटनहरुमा
नबोदिता.........
हो  !
उत्सब मनाऔ....उत्सब ।।


      - siudileep
कार्तिक ५ /२०७४


2 comments:

भागदौड

 किन भरीरहेछन्  अञ्जली-अञ्जली,  मुठ्ठी-मुठ्ठी  बालुवा ।  र दौडिरहेछन् जोडजोडले  च्याप्दै अञ्जली, जोडजोडले  कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...