Monday, October 30, 2017
फोटो : "फगत ,तथाकथित प्रमाण" !
फोटो : "फगत ,तथाकथित प्रमाण" !
****************************************
खल्ती भरि गट्टा /गुच्छाले
लत्रिएको कट्टु सम्हाल्दै कुदेका पलहरुको फोटो कैद छ ?
झिर्लिक्क झुल्किएका-
इन्द्रेणी हेर्दै कुदेका पल हरुका
फोटोमा कैद छन् ?
ति त कैद छन मस्तिस्कमा
नखुइलिने,नमेटीने गरि स्पस्ट ।
तथाकथित फोटो त बहाना
र
प्रदर्शन प्रदर्शीत साधन हैन र ?
प्रमाणहरु लागि !
जहा फगत झुट ( ?) ,
प्रदर्शनको भुत सवार (?) भइदिन्छ
त्यहा "प्रमाणको फोटा कैद भैदिन्छ" !
बृद्द हजुरबा/हजुरआमाका काखमा लटपटिएर
सुनेका लोक कथाका पलहरु
फोटोमा कैद छन ?
[केहि कैद फोटोहरुले ति स्मृतिको अलिअलि नोस्टाल्जिया बाहेक स्मृतिमा कैद मिठा पलको सन्तुस्टी देला र ?
र त्यो सम्भब होलार? ]
प्रेम गर्नेहरुका खुशीका,
चित्त दुखाइका पल,
अनि ति पलमा तप्केका
हासो [हासो पनि तप्काइमै मापन गरिदिउ खुशीमा तप्किने आशु जस्तै ,
र चित्त दुखाइमा छल्किने चित्त दुखाइ जस्तै ]
प्रिय मान्छेहरुका चित्त दुखाइहरुका पल
र
चित्त बुझाइका पलका
स्मृति फोटोमा कैद सम्भब होलार ?
आध्यात्मिक गल्लिहरुका भौताराइहरु [भौतारिनु केहि भेट्न ,खोज्न ,प्यास मेट्न यस्तै यस्तै त्यो भौताराइ आध्यात्मिक गल्लिसंगै भौतिक गल्लीको समायोजनात्मक गल्लि हुन पनि सक्छ ]
मस्तिस्क बाहेक अन्त कतै कैद होलार ?
प्रिय मान्छे हरुको [त्यहा प्रिय मान्छे बाहेक अन्य अप्रिय हरु साथै /जीव हुन पनि सक्छन ...... ]
संगका जम्का भेट [हरुका पलहरु ]
फोटा कैद...[भैहाल्यो भने ]
दर्फराउने गरि कोर्या मस्तिस्क कैदलाइ
देखि नलजाउला र ?
प्रिय मान्छे हरुका (?).......
जलिरहेको शव [शव मात्र नजली सम्पूर्ण सपना ,आकांक्षा ,भरोशाहरु र स्मृति हरु ,कैद स्वतन्त्रताहरु मुक्त हुदै शव संगै जल्दैका ]
हेरी टोल्याउदै ,
अब्यबस्थित उडेको धुवामा
बनाएका ब्यबस्थित अस्थाई
आकृतिको फोटो कैद सम्भब होलार ?
अन्तर मनमा गुम्सिएका
अव्यक्त [ ब्यक्त्त गर्न अपुग शब्दहरुका चंगुलले ]
यस्तै धेरै धेरै...
अन्तरमनका भाबको
फोटो सम्भब होलार?
रमणीयताको /यस्तै यस्तै अन्यताको..
" तथाकथित फोटो खिचाईले"
सम्पूर्णता फोटोमै कैद हुने भ्रममा
रमणीयताबाट/यस्तै यस्तै अन्यताबाट बिमुखताले(?)
[मात्र फोटोमा ,फोटो खिचाइमा मग्नताले पूर्ति गर्लार ?
आखाको खिचाई मस्तिस्कको फाइलमा "क्लिक" प्राकृतिक "क्लिकता लाइ "?]
कतिन्जेल थेग्ला मजाको झंझंनाहट ?
यस्तै थुप्रै पल हरु....[टुडाल हेर्दै "डेटका" पल {त्यो डेट प्रेमिका /प्रेमीको मात्र हुन्छ भन्ने छैन ,नहुन पनि सक्छ}खोला किनार ,घाटहरुका यात्राहरुका पलका मिठास ,भडास सबै सबै फोटोमा कैद होलान र ?]
फोटो त तथाकथित बहाना हुन,
प्रमाण[यस्तै अन्य अन्य ... "केहिता" का ]
प्रदर्शन दम्भताका .............
या यस्तै यस्तै ...
मात्र ! फगत "प्रदर्शित साधन" ! ।
[नोट-फोटो /फोटो खिचाईको बिरोध पटक्कै हैन !र यसरि नबुझियोस पनि ।
फोटो खिचाई/फोटोको महत्व आफ्नो ठाउमा बडो सानदार ,सुन्दर छ ! ...
यो मात्र हो "तथाकथित फोटो /फोटो खिचाई /फोटोमै सम्पूर्णता खोज्दैका " र यस्तै यस्तै केहि ..ता हरु प्रतिको भडास अझै भनु "तथाकथित भडास" मात्र तथाकथित भाडास ]
©siudileep
Subscribe to:
Post Comments (Atom)
भागदौड
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
ऐठन …………………………………………… कहिले काहीँ सपनाका कुरा गरम । अनुहार भरी मुज्जाले भरिएकी दुब्ली बृद्दा छेउमै सुतेको सानो ख्याउटे नातिक...
-
बुद्द,परेवा र एक थान सपना --------------------------- रगत लतपतिएको कुरुप बुद्दको मुर्ति देखाउदै, हड्बडाउदै भाइ चिच्यायो...
No comments:
Post a Comment