Thursday, November 2, 2017

.....सादा .......सादा : ("रंगिन सादा "(?)......)



   
    .......... सादा .......सादा :  ( "रंगिन सादा "(?)......)

    *******************************************

  उडिरहेका/चरिरहेका .....
(बच्चालाई चारो खुवाइरहेका ,अण्डा छोपिरहेका यस्तै यस्तै यत्र तत्र घुमिरहेका ,घुरघुराउदै जोडी गोलाकार घुमिरहेका .......................यस्तै यस्तै )
परेवाका सेता जोडीहरु ,
झरना झर्झराउदै झर्दा उडेका सेता "बाफ "हरु..
र ,
यस्तै थुप्रै "सादा"हरु
आफूभित्र "इन्द्रेणी " बोकेर हिड्ने
सादा ,सादा...!

सधै  साथ साथ
इन्द्रेणी बोकी हिड्ने सादा हरु ....
सादालाइ जसो चाह्यो उसै रंगाउन मिल्यो
रंगिन रंगाउदा कुरूप देखिन्छ ।
 इन्द्रेणी बोकी हिड्ने सादा हरु...
इन्द्रेणीका सात मिसाउदा सेतो बन्दिने
बिचित्र "रंगिन"(?) सादा सादा हरु .......!

त्यसैले ,
जुन चाह्यो उसैमा रंग्याउन मिल्ने
"खल्तीमा" इन्द्रेणी बोकी हिडेका सादा हरु.....
.....सुर्यको प्रकाश,किरण( ?) जस्तै सादा ।
सात रंग बोकीहिड्नुको सादा
त्यसैले सादा सादा नै गज्जब लाग्छ
सात रंगिन इन्द्रेणीका  रंग मिसिदा बनेको सादा ।


("सेतो रंगको मात्र कुरा" हैन...........इन्द्रेणी बोकी हिड्ने सम्पूर्ण सादा....कस्तो  मिठो अनौठो धेरै धेरै रंग बोकिहिड्दा भइने सादा)





No comments:

Post a Comment

भागदौड

 किन भरीरहेछन्  अञ्जली-अञ्जली,  मुठ्ठी-मुठ्ठी  बालुवा ।  र दौडिरहेछन् जोडजोडले  च्याप्दै अञ्जली, जोडजोडले  कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...