Wednesday, December 27, 2017

बर्बराहट


बर्बराहट
****************

"मैनबत्ति आफु जलि उज्यालो छर्छ" [बहुत सुन्या,पढ्या वाक्य हो"कत्रो महानता"मैनबत्तिको भन्दै] तर.. [कहिलेकाही सोचिटोपल्दा-] [मैनबत्तीले] "तथाकथित मैन"[लाई]पगाली[प्रयोगगर्दै] उज्यालिएको पो त [हाम्लाई साक्षी राख्दै[प्रयोगगर्दै] "पुतली"जो आकर्षित गर्नुछ र जलाउनु छ/समाहित गर्नुछ आफुमा]

Tuesday, December 19, 2017

देखिने भ्रम

देखिने भ्रम
************* "रक्सि" भट्टीमा बसेर, "रक्सि खाने((पिउने )" गिलासमै "चिया" खायो (पियो )भने... रक्सि हुन्छ, हो मित्र ! त्यो रक्सि नै हुन्छ(?) देख्नेका नजरमा । त्यसैले,
[तिम्ले /हाम्ले/मैले ]देखेका सबै "भ्रम" "सत्य" नहुन सक्छन/हुदैनन। र, सबै सत्यहरु,
नदेखिन सक्छन/देखिदैनन,
["अप्रदर्शित" तर "पारदर्शित"{पनि}हुन्छन] ।
सत्यहरु....
आफ्नो
सुबिधाको लागि
आफै
"निर्माण" गरिने साधन न हुन
[कहिलेकाही/प्राय:जसो/लगभग जसो /सधै जसो....]

Saturday, December 16, 2017

"मौनता" र "हल्ला"हरु..... का "मार्ग"


"मौनता" र "हल्ला"हरु..... का "मार्ग"
************************************
"मौनता" हरु झ्याल, स्स्याना प्वाल...हरु बाट पनि अट्छन, उपस्थिति जनाइदिन्छ्न ! "कोलाहल"हरु ठुलो ढोका सुरुंग चाहन्छन , नभय थप्छन "अर्को ठुलो ढोका " र "खन्छन सुरुंग", किनकि , "भिड"हरु अटाउन "ठुलै " चाहिन्छ/चाहिन्छन । [ढोका सुरुंग र हल्ला हरु ].............................।

अक्षरका थुप्रा र ,समाहित(?) "जिबन चक्र"



अक्षरका थुप्रा र ,समाहित(?) "जिबन चक्र"
************************************

असरल्ल छिरलिएका
 "अक्षर"का थुप्रोका जोडजाड बाटको
"रचना"[कहिले गजब कहिले झुर]
अनि हुरीले एकोहोरो फर्फराई दिने "केहि बिसेस(?)भाको पत्रिका"
मिलाउदै पढ्दै
[सम्हाल्दै पढ्दै,फेरी भताभुंगका अनगिन्ति"चक्र"!सम्हाल्दै पढ़दैका"चक्र"!न छोडिने पढ्न नछोड्छ बिथोलिदीन]

{जिन्दगी... "चक्रचक्र"..}।

"कोमा"मा विचार

"कोमा"मा विचार
***********************

बिचारहरु,
"बिस्कुन"झै छिरल्दिने हो भने
चोक,गल्लि अन्य गुप्त ठाउ समेतले नपुगी मन्दिर[मस्जिद,चर्च...]देबालय... (र,अन्य"लय"हरुमा..गुन्जीदै[अराजक हल्लामा(?)] ) पवित्र"टुडाल"हरु समेतमा सबै ठाउ ढाकिनेगरी टुडालका समेत स्प्नन भंग हुनेगरी फैलिन्थे! तर "विचार"हरु "अरुद्वारा" कैद छन"कोमामा"

आखिर जलेर हुने "फगत खरानी" नै हो केरे !



आखिर जलेर हुने "फगत खरानी" नै हो केरे !
*********************************************










एकैछिन....
जति "जले"[झैँ गरे]पनि
"खरानी" हुनै पर्छ केरे ।
"खरानी" हुनलाई "जल्नै" पर्छ मित्र ।
आखिर "जलेर"
हुने "फगत खरानी" नै हो केरे ! [खरानी हुनलाई जल्नै परेपछि र जलेपछि "फगत खरानी" हुनलाई,
[आफ्नै अस्थित्व समेत गुमाई सकेपछी { "फगत अस्थित्वहिन खरानी "} ]
किन जल्नु मित्र ? ......] ।

Tuesday, December 5, 2017

फोटो कथा (प्रकाशको लागि ) ,प्रकाशछिर्ने छिद्र .........को(?)खोजि



फोटो कथा ...प्रकाश(को लागि ) प्रकाश छिर्ने छिद्र .........को( ?)खोजि
***************************************************


प्रकाश,
प्रकाश छर्ने...छिर्ने (?)
छिद्रहरु,
भेट्न .........
चम्किला आखा (ति छिद्र छेडी(?) आउने प्रकाशका तरंगहरु भन्दा तरंगित )
कौतुहलतामा,
प्रकाश भेट्ने "दौडाहट"
भेटिदाको "उमंग"
( प्रकाश मेटिदाका/नभेटिदाका "निराशा" )भन्दा हजारौ गुणा बढी
तरंगित ।
आखिर भेटियो प्रकाश
अफ्ठ्यारोमै ,
अफ्ठ्यारो गरी !
आखिर इक्षा
हो मात्र इक्षा ,(तरंगित भाबका सेलाउन नदिने गरिका दौडाहटले)
का तरंगहरुलाई ......................
छेकेन केहिले ।.............................................................................


फोटो :- RUMI Love (फेसबुक पेज)

भागदौड

 किन भरीरहेछन्  अञ्जली-अञ्जली,  मुठ्ठी-मुठ्ठी  बालुवा ।  र दौडिरहेछन् जोडजोडले  च्याप्दै अञ्जली, जोडजोडले  कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...