Tuesday, May 15, 2018

"तथाकथित भ्रामक मायाका" बन्दि फूलहरु


"तथाकथित भ्रामक मायाका" बन्दि फूलहरु
***********************************
तिमि मान / या नमान ...
तिम्ले,
"फूल फुलाउनु" [बगैचा बनाउनु]
फूलको माया लागेर हैन
[मोहित भएर मात्र हो ]
[हत्या गर्न ] निमोठ्न हो !
Image may contain: plant, flower, tree, outdoor and natureफूलको लागि
"बगैचा [नै] चाहिन्छ,/ फूल फूलाएको"....
यी यस्ता यस्तै ...............
भ्रमहरुबाट मुक्त हौ मित्र !
किनकि,
जंगलमा आफै [पनि त ] "फूलिरहेछन" फूलहरु ।
फूलहरु,
तिम्रो "तथाकथित माया "
[बगैचा ] बिनै
झन बढी स्वतन्त्र छन
फुल्छन /फूलिरहेछन ।

2 comments:

भागदौड

 किन भरीरहेछन्  अञ्जली-अञ्जली,  मुठ्ठी-मुठ्ठी  बालुवा ।  र दौडिरहेछन् जोडजोडले  च्याप्दै अञ्जली, जोडजोडले  कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...