Monday, October 30, 2017

फोटो : "फगत ,तथाकथित प्रमाण" !




         
                फोटो :  "फगत ,तथाकथित प्रमाण" !
****************************************


खल्ती भरि गट्टा /गुच्छाले
लत्रिएको कट्टु सम्हाल्दै कुदेका पलहरुको फोटो कैद छ ?
 झिर्लिक्क झुल्किएका-
इन्द्रेणी हेर्दै कुदेका पल हरुका
फोटोमा कैद छन् ?
 ति  त कैद छन मस्तिस्कमा
नखुइलिने,नमेटीने गरि स्पस्ट ।
तथाकथित फोटो त बहाना

प्रदर्शन प्रदर्शीत साधन हैन र ?
प्रमाणहरु लागि !
जहा फगत झुट ( ?) ,
प्रदर्शनको भुत सवार (?) भइदिन्छ
त्यहा "प्रमाणको फोटा कैद भैदिन्छ" !

बृद्द हजुरबा/हजुरआमाका काखमा लटपटिएर
सुनेका लोक कथाका पलहरु
फोटोमा कैद छन ?
[केहि कैद फोटोहरुले ति स्मृतिको अलिअलि नोस्टाल्जिया बाहेक स्मृतिमा कैद मिठा पलको सन्तुस्टी देला र ?
र त्यो सम्भब होलार? ]
प्रेम गर्नेहरुका खुशीका,
चित्त दुखाइका पल,
अनि ति पलमा तप्केका
हासो [हासो पनि तप्काइमै मापन गरिदिउ खुशीमा तप्किने आशु जस्तै ,
र चित्त दुखाइमा छल्किने चित्त दुखाइ जस्तै ]
प्रिय मान्छेहरुका चित्त दुखाइहरुका पल

चित्त बुझाइका पलका
स्मृति फोटोमा कैद सम्भब होलार ?
आध्यात्मिक गल्लिहरुका भौताराइहरु  [भौतारिनु केहि भेट्न ,खोज्न ,प्यास मेट्न यस्तै यस्तै त्यो भौताराइ आध्यात्मिक गल्लिसंगै भौतिक गल्लीको समायोजनात्मक गल्लि हुन पनि सक्छ ]
मस्तिस्क बाहेक अन्त कतै कैद होलार ?
प्रिय मान्छे हरुको  [त्यहा प्रिय मान्छे बाहेक अन्य अप्रिय हरु साथै /जीव हुन पनि सक्छन ...... ]
संगका जम्का भेट [हरुका पलहरु ]
फोटा कैद...[भैहाल्यो भने ]
दर्फराउने गरि कोर्या मस्तिस्क कैदलाइ
देखि नलजाउला र ?

 प्रिय मान्छे हरुका (?).......
जलिरहेको शव [शव मात्र नजली सम्पूर्ण सपना ,आकांक्षा ,भरोशाहरु र स्मृति हरु ,कैद स्वतन्त्रताहरु मुक्त हुदै शव संगै जल्दैका ]
 हेरी टोल्याउदै ,
 अब्यबस्थित उडेको धुवामा
बनाएका ब्यबस्थित अस्थाई
आकृतिको फोटो कैद सम्भब होलार ?
अन्तर मनमा गुम्सिएका
अव्यक्त [ ब्यक्त्त गर्न अपुग शब्दहरुका चंगुलले ]
यस्तै धेरै धेरै...
 अन्तरमनका भाबको
फोटो सम्भब होलार?
रमणीयताको /यस्तै यस्तै अन्यताको..
 "  तथाकथित फोटो खिचाईले"
सम्पूर्णता फोटोमै कैद हुने भ्रममा
रमणीयताबाट/यस्तै यस्तै अन्यताबाट बिमुखताले(?)
 [मात्र फोटोमा ,फोटो खिचाइमा मग्नताले पूर्ति गर्लार ?
आखाको खिचाई मस्तिस्कको फाइलमा "क्लिक"  प्राकृतिक "क्लिकता लाइ  "?]
कतिन्जेल थेग्ला मजाको झंझंनाहट ?
यस्तै थुप्रै पल हरु....[टुडाल हेर्दै "डेटका" पल {त्यो डेट प्रेमिका /प्रेमीको मात्र हुन्छ भन्ने छैन ,नहुन पनि सक्छ}खोला किनार ,घाटहरुका यात्राहरुका पलका मिठास ,भडास सबै सबै  फोटोमा कैद होलान र ?]
 फोटो त तथाकथित  बहाना हुन,
प्रमाण[यस्तै अन्य अन्य ... "केहिता" का ]
प्रदर्शन दम्भताका .............
या यस्तै यस्तै ...
मात्र ! फगत "प्रदर्शित साधन" ! ।


[नोट-फोटो /फोटो खिचाईको बिरोध पटक्कै हैन !र यसरि नबुझियोस पनि ।
फोटो खिचाई/फोटोको महत्व आफ्नो ठाउमा बडो सानदार ,सुन्दर छ ! ...
यो मात्र हो "तथाकथित  फोटो /फोटो खिचाई /फोटोमै सम्पूर्णता खोज्दैका " र यस्तै यस्तै केहि ..ता हरु प्रतिको भडास अझै भनु "तथाकथित भडास" मात्र तथाकथित भाडास ]

 ©siudileep 




बिघटित मोहमा उत्सब(?) (एक अपिल.... नबोदिता संग ...........)

 

          बिघटित मोहमा  उत्सब(?)
      (एक अपिल.... नबोदिता संग ...........)
**********************************

प्रिय नबोदिता, (यो सौहार्दपूर्ण सम्बोधन मात्र हो ! अन्य केहि हैन,छैन :) )
एक रात(?),
एकाध घण्टा/मिनेटमा(समयमा "प्रेम" तौलेर तौलिदै .....)
"बस्ने र,छुट्ने"
तथाकथित "प्रेम"हरु....का 
छुटाईमा 
रोइलो किन ?
उत्सब मनाउ नबोदिता,
उत्सब।
"मोहहरु"लाइ प्रेमका परिभाषाले
परिभाषित गर्दैका "तथाकथित तिम्रा प्रेमहरु"
 (नकी  प्रेम..प्रेम न बस्छ न छुट्छ न त परिभाषित नै हुन्छ अन्तरमनका अभिब्यक्त  नहुने स्वस्छ भाबहरु बस्ने,छुट्ने मर्ने हुन सम्भब छ र ?)
छुटेकै गज्जब .........।
आउ नबोदिता,
आउ 
हो !मज्जाले 
उत्सब मनाउ........
"तथाकथित मोहका"बिघटनहरुमा
नबोदिता.........
हो  !
उत्सब मनाऔ....उत्सब ।।


      - siudileep
कार्तिक ५ /२०७४


Sunday, September 17, 2017

अध्यारा गल्लीमा उज्यालो ज्योति




     अध्यारा गल्लीमा उज्ज्यालो ज्योति
     ************************

साघुरा,घुमाउरा अन्धकार"गल्लिहरु"
भौतारिदै"केहि खोज्दै" .......

भेटायो(?) भेट्यो!
सायद ! उसलाई नै खोजेथे(?)
"केहिले"नै(दिब्य प्रकाश,भ्रभराउदो ज्योति).....
 "केहि"भेटेपछि,
चम्कियो सब
चम्किए अध्यारा गल्लि पनि
 र ,
चम्कियो"आत्मा" (?) ...
आखिर चम्क्याथ्यो "प्रकाश"पहिले नै ....
तर भेट्यो उसले...(?भेट्यायो "उसले"(?)  .."उसलाई"(?) ) ।

Sunday, August 27, 2017

यस्तै केहि भ्रम



     यस्तै केहि भ्रम
      *******************

रंगिन/रंगिनहरु  भन्दा
सादा
 सादा ......................
सादा/ गज्जब !
 सादालाई
चाहदा र मनलाग्दी रंगले
रंगाउन मिल्छ,
 चाहे जसरि !
तर ,
रंगिन रंगायो भने
 बिरूप देखिन्छ मित्र।

Friday, August 25, 2017

"ग्लास"को गुनासो "सर्बश्रेष्ठ प्राणि "संग


   "ग्लास"को गुनासो "सर्बश्रेष्ठ प्राणि"संग
   **************

कहिलेकाही लाग्छ -
चिया सक्कायपछीको
चियाको  ग्लासले
चिच्यायर असन्तुस्टी पोख्यो भने ,
प्रश्न गर्यो भने
दिने उत्तर के छ मसंग?
*************************
ममतापुर्बक ,सन्तुस्टभावमा
स्पर्श,
चुम्बनका वर्षाको 
"प्रेम"ले पुलकित  ग्लास 
चिया सकिएपछीको
उसलाई देखाउने ब्यबहारबाट.....
"प्रश्न" उब्जायो असन्तुस्टी पोख्यो र 
सोध्यो भने?
********************************
उत्तर के दिदो हु ?
"त" त चिया हुन्जेलको 
देखावटी साधन न होस्
ति "प्रेम ,स्पर्श "हरु
 "त "द्वारा "म" चियालाई गर्थे प्रिय ग्लास !
चिया सकिएपछी तेरो अस्थित्व के ?
(मिल्किनु,भुइँ ,टेबल यत्रतत्र छरिनु पछारिनु लड्नुबाहेक)
किनकि ,
म "त "जस्तो अहम नभाको बन्न त सक्दिन नि,
म त मानब ,
अझै "सर्वश्रेष्ठ प्राणि" पो त !
बारम्बार आफ्नो स्वार्थ पूर्तिकोलागि जो जसलाई प्रयोग गर्ने
र ,प्रयोग पछी अस्थित्व भुल्ने 
म सर्वश्रेष्ठ प्राणिमा  मात्र सम्भब छ
 हैन र ग्लास???
(उत्तर यहि हुनुपर्ने हो ..तर "म" सर्वश्रेष्ठ प्राणि "त "जस्तो ग्लास का गुनासा ,प्रश्नहरु सुन्ने उत्तर दिने गर्छु होलात बेबकुफ??)
*********************************************

Sunday, August 20, 2017

फूल ! फगत "फूल" मात्रै हैन ।

 

                                                                                 

  फूल ! फगत  "फूल" मात्रै हैन ।
     *************************

 न सिकाउने कोहि ....
न सिक्ने "उ" (सिक्नु,सिकाउनुलाइ बहाना मान्दिम बुझ्नु बुझाउनुको पो अर्थ "उसले " बुझायो "उ" ले बुझ्यो )
तर फुल्यो ....
फुले पछी झुम्मिए भमरा ...                                 
झुम्मीए कयौ आखाहरु                                    
र मुस्कुराय ....                                                             (फोटोहरु:-स्वामी आत्मो सन्तोस /लुम्बिनी,जेतबन)      
"उ" त निरन्तर मुस्कुराएकै छ !
छेकेन काडाको अबरोधले
काडा अबरोध बन्दै बनेन
उ फुल्न !
बरु
बनिदियो
 उसको सुरक्षा दिने "पाले" !
अहो !
कत्रो खुबी                                                     
काडा छिचोल्दै फुल्दिनु                                             
काडाकै बिचमा "मुस्कुराउनु "
र उसैलाई "सुरक्षा कवज" बनाउनु !
कयौ दृस्टी झुकाइदिनु,
र लालायित पार्दिनु
मुस्कान छुटाइदिनु(?) (गज्जब फूल हेर्दा मुस्कुरानै पर्छ भन्ने के छ जे गरे पनि मुस्कुराए सरह हैन र )
कयौ भमरा झुमाउनु

"अन्यलाई झुमादिनु " ।

Saturday, August 19, 2017

काडा फगत बहाना

  
   काडा फगत बहाना
******************


काडा बहाना हुन् मित्र !
काडाले काडा निकाल्नु ,
मात्र संयोग हो भने
काडालाइ छल्दै
र,
जिल्लाउदै
फूल, फल फलिदिनुलाइ के मान्ने ?
 बहाना न हुन् काडा।
हो काडा बहाना न हुन् ।।

भागदौड

 किन भरीरहेछन्  अञ्जली-अञ्जली,  मुठ्ठी-मुठ्ठी  बालुवा ।  र दौडिरहेछन् जोडजोडले  च्याप्दै अञ्जली, जोडजोडले  कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...