Wednesday, March 3, 2021

फेरीएका मन्त्र

 फेरीए मन्त्रहरू

र गाइए फरक फरक 'ऋचाहरू' !

र फेरीए मन्त्र गुञ्जिने स्थानहरू ।


'गुञ्जनहरु' किन मानुन् ?

सधैं करकापमै एकै लयमा गुञ्जिन ?

गुञ्जिए आ-आफ्नै लयमा ......


लगातार

यौटै लयका स्रोता/वाचकहरुलाई 

फेरीएका मन्त्र/लयहरुका गुञ्जन लाग्ने नै भए 

कर्कश

र हुने नै भए - भयवित ।………

Saturday, August 15, 2020

यात्रु बाटो र अहम् ।

 यात्रु बिनाको बाटो

बाटो रहला र ?

अन्तत : सकिन्छ - अस्थित्व नामेट हुने गरी ।

    ****


र ,बाटो 

'बाटो' हुनुका अहम्

यात्रु

'यात्रु' हुनुका अहम् बिचका चेपुवामा - 

अनिश्चित यात्राहरू ।

मौन आवाज

 [मौन रुखको सन्देश - 

हल्लाखोरे मान्छेहरुलाई ] 


उस्कै ठाउँमा 

आफूबाट उसकै तर्फबाट 

सन्देश ।


मान्छे अनेक जान्दछ ……

'बनाएझै गरी' धेरै कुरा बिगार्न ।   https://twitter.com/SiudiLeep/status/1291391648719491073?s=09

दूरीहरु र भ्रम

 नजिकै देखिएका सत्य जस्ता लाग्ने

छोटा दुरीहर पनि 

कत्ती टाढा ।


हेरत ! 

किनारको ढुङ्गा

र त्यो खोलाको पानी ।


ओहो ! हेरत - 

अनि निथ्रुक्क भिजीरहने 

खोलाका ढुङ्गाहरूलाई 

त्यै नजिकैको पारीलो किनार पनि ।


र तेस्तै

फेर्दै गरेका 'श्वास' अनि

यी 'समयका' दुरीहरू……

तरङ्ग

पानीका बाछिटाहरू
चुपचाप 
किन आउथे र ! 
ल्याउछन तरङ्ग ।

र ,बाछिटाहरू तरङ्गीत हुनु 
हावा चल्नु हो ।

Friday, May 22, 2020

रेस

प्रतिस्पर्धाका रेस
किन यति अश्लील ?
आर्यघाट सम्मै पुगेर रोकिने
घडिका टिकटिकहरु जस्तै
ढुकढुक ढुकढुकहरुमा पनि
ओहो ! हेरत !
आर्यघाट समेत स्वामित्वका रेस।

अट्छ त आर्यघाट त्यति सानो
कात्रोको खल्टिमा?
चिन्छ चिताले तिम्रै देह ?

ओहो !
स्वप्न भैदिए हुने
बिपना पनि कत्ति चिसा
उ हेरत !
उराठिला रेसमा सहभागी
अश्लिल रेसका भिडहरु ।

पूल र पैताला

कुल्चाइहरु छोडेर
यात्रीहरु कहाँ- कहाँ पुगेहोलान……
अन्य पदचापहरु पर्खदै
'सोस्याहट' सुन्दै बसीरहेछ-
 पुल ।

पाइला माथीका
अपरिचितहरुकै पाइलाहरुमै
आफ्ना पाइलाका खप्ट्याइहरु छोडेर
कहाँ- कहाँ
कति पर ~~पुगे होलान -
ती पाइलाहरु ! ……



[ 📷️  -@scriptpeedu

भागदौड

 किन भरीरहेछन्  अञ्जली-अञ्जली,  मुठ्ठी-मुठ्ठी  बालुवा ।  र दौडिरहेछन् जोडजोडले  च्याप्दै अञ्जली, जोडजोडले  कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...