Tuesday, May 30, 2017

स्पर्शहरु




     स्पर्शहरु
***********

चियाको गिलास छोप्दाको तातो स्पर्श,
गिलास ओठमा पुर्याउदा
 र चिया सुर्क्याउदाको फेरि तातो स्पर्श,
अनि,
चिया सक्का`पछि,
हल्का तातो गिलास राख्दै गर्दा
गिलास सङ्ग छुट्दै गरेको मधुर तातो स्पर्श……………।







……………………………………………………………………………………………………………


गज्जब बुक हातमा राख्दै
सुम्सुम्याउदाको"गर्मिलो" स्पर्श,
पढ्दै गर्दाको गर्मिलो झन्झनाहट
र ,
बुकको गन्ध ………
अनि ,
बुक सक्का`पछि
राख्दै गर्दाको "अनौठो" झन्झनाहट,
बाफिलो स्पर्श………।











…………………………………………………………………

हावा चलेको बेला पत्रीका पढ्दा
हावाले पत्रीकालाई गर्ने "प्रेम"को स्पर्श,
लामो कपाललाई हावाले "प्रेम" गर्दाको स्पर्श,
लथालिङ्ग,समाल्नै गारो हुने गरि !
ब्यबस्थित गर्नै गारो ।
ब्यबस्थित गर्दाको मीठो स्पर्श………
न समाल्न छोडिने,
न समालिने "अनौठो युद्द"!
र ,
अनौठो युद्द पछि छाड्डैको स्पर्श !……………………।



………………………………………………………

बच्चालाई हातमा डोहोर्याउदै गर्दाको,
हातको ,हात सुम्सुम्याइको "अलौकिक" स्पर्श,
हातबाट हात छुटाउदाको नरम बाफिलो
छुट्दै गरेको स्पर्श !……………………।
……………………………………………………………………
हो मलाइ स्पर्शहरु मन पर्छन,
प्रिय लाग्छ्न स्पर्शहरु ।…………


©siudileep
२०७२/बैशाख








No comments:

Post a Comment

भागदौड

 किन भरीरहेछन्  अञ्जली-अञ्जली,  मुठ्ठी-मुठ्ठी  बालुवा ।  र दौडिरहेछन् जोडजोडले  च्याप्दै अञ्जली, जोडजोडले  कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...