बनेको साधन
बनाइएका निरीह साधन (?),
सक्क्किनु ,सक्काउनु "नियती"
**********************************
जति उज्यालिए पनि
र उज्याल्याय(?) पनि
आखिर
निभ्नै पर्छ के रे !
…………………………………………………
उज्याल्याउन,
प्रज्वलित हुन………
अरु "सिद्दिनेहरु " (उज्यालो त मात्र साधन हो (?) !उज्यालिन,बल्न उज्याल्याउन निरन्तर सिद्दिनेहरु सिद्दिनै पर्छ ज्योती बल्न , बिचरा! तेल,बत्तिहरु ……… र कयौ बत्तिहरु बिलौना नगरी सिद्दिएकै छ्न सिद्दिरहेछ्न )
सिद्दिएपछि !
नउज्यालिनेहरु-
तिमी,
हो तिमी
उज्यालोलाइ सम्झिन्छ्न
न
ती उज्यालोको लागि उज्यालिन
निरन्तर सिद्दिनेहरुलाइ !
………………………………………………
उज्यालिन,
उज्याल्याउन,
अध्यारिएपछी सम्न्झिन्छ्न !
उज्यालिन निरन्तर सकिनेहरु
सकिदै गयपछि,
उज्यालिएर उज्याल्याउनेहरु
धिप~धिप~धिप्प ~~धिप्प~~धिपधिप्धिप्प~~~धिप्धिपाउदै
सकिनेहरुको सम्झना गर्छ्न।
सकिनेहरु निरन्तर सकिदै गयपछि,
र
सकिएपछी
ध्याप्प निभ्नै पर्छ के रे !
…………………………………………………………
सकिनेहरु नसकिन्जेल
न उज्यालो दिनेले "सकिनेहरुलाइ"सम्झन्छ
न उज्यालिनेहरु
उज्यालो दिनेलाइ
न उज्यालो दिन सकिनेहरुलाइ ।
अध्यारिन थालेपछि
अध्यारिएपछी…………………
मात्र
हो !अध्यारिए पछि मात्र !! ।
…………………………………………………………
उज्यालो दिने
आफै प्रज्वलितको ,
उज्याल्याएको ,
प्रकाश छरेको………"मीठो भ्रम"मा मुग्ध !
उज्यालिने
आफै उज्यालिएको "मीठो भ्रम "मा मुग्ध !
बिचरा !उजेलिन,
प्रज्वलित हुन ,
उज्याल्याउन………
निरन्तर सकिने,
सकिदै जाने ,
र सिद्दिनेहरु "मिठा भ्रम" को साक्षी ।
मौन
हो !मौन
साक्षी !!
निरन्तर …………
मौन
साक्षी !!
मौ~~~~न्न्न्न्न्न्न्न्न्न्न्न्न्न्न्न्न्न्नन्न्न्नननन…………
साक्षि ।।
No comments:
Post a Comment