Friday, July 28, 2017

अन्धकारमा सेतो किरणको खोजि

     

     अन्धकारमा सेतो किरणको खोजि
       ****************************
क्रमश:
निलो,पहेलो,हरियो,निलो.....
बत्तिहरु बले
र बल्दै गय
खैरा ,राता...अनि अन्य अन्य अन्य ..
तर बलेन सेतो !
सेतोको प्रतिक्षा धेरै बेर गर्दा समेत !
बरु 
बल्यो एकदमै तेजिलो कालो पनि !
तर 
अह !
बल्दै बलेन "सेतो"

कतै झिर्लिक्ककताको ( सेतो बल्ने )आशामा 
कुर्दाको  ,
हेर्दाको
थकानबीच
झन् झन् तेजिला हुदै गय सबै बत्ति 
अझै चम्कियो आखा तिरमिराउने कालो बत्ति
 र झुल्कियो 
कतै बाट बाटो बिराई 
 "सेतो किरण"बोकी 
सेतो परेवा !
तर ,
तिरमिराउने अन्य 
अझै झन् तिरमिराउने कालो 
बत्तिको तेजले छट्पट्याइ रह्यो 
र बदलियो 
अन्य रङ्गमै 
अनि 
मलिन ,याचना पुर्बक हेर्दै 
बदलिदै गयो कालो झन् कालो रंगमै 
सेतो को प्रतिक्षा गर्ने हिम्मत समाप्त भो 
र बदल्दीय उस्तै
गरी "म"लाइ 
पनि अन्य रंग हुदै 
झन् झन् कालो रंग मै 
र बल्यो बत्ति झन् कालो चम्किलो गरि 
सब्बै निल्ने क्षमताका साथ
र कालोको चम्किलो(?)मा 
सबै समाहित 
रह्यो बेचैन 
र गाढा कालो कालो कालो अन्धकार  । (कालो चम्किलोमा... भयानक डरलाग्दो अन्धकार बाहेक अरु केहि हुन्छर?)

No comments:

Post a Comment

भागदौड

 किन भरीरहेछन्  अञ्जली-अञ्जली,  मुठ्ठी-मुठ्ठी  बालुवा ।  र दौडिरहेछन् जोडजोडले  च्याप्दै अञ्जली, जोडजोडले  कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...